April 26, 2024

भरतपुरमा बाढी पसेपछि विभिन्न क्षेत्र जलमग्न

July 13, 2020

चितवन / भरतपुर महानगरपालिका–११ बसेनी र भोजाड क्षेत्रका केही क्षेत्र निरन्तरको वर्षापछि जलमग्न भएका छन् । विशेष गरी बसेनीको मृगकुञ्ज टोल, गोरखाली टोलका साथै भोजाड क्षेत्रको मुक्तिनगर, पुरानो शान्ति विद्यागृह क्षेत्र र पोखरीचोक क्षेत्रमा धेरै पानी जमेको छ ।
भरतपुर महानगरपालिका–११ का वडा अध्यक्ष बाबुराम अधिकारीले वडाका केही क्षेत्रहरुमा पानी जम्नुका साथै होचा घरहरुमा पानी पसेका बताए । पानीको सहज व्यवस्थापन हुने गरी बस्तीको विकास नहुँदा समस्या आएको उनले बताए । उनले वडा कार्यालय पानीको उचित व्यवस्थापन गर्ने कार्यमा खटिरहेको दाबी गरे ।
बसेनीको मृगकुञ्ज टोलको हरियाली मार्गमा पनि मानिस पैदल नै हिड्न नसक्ने गरी पानी जलमग्न भएको छ । स्थानीय पम्फा गिरीले घरबाट निस्कन पनि नसकिने गरी बाटोमा पानी तालिइएको बताइन् । प्लटिङ वालासँग हिउँदमा जग्गा किनेर घर बनाइयो तर वर्षा याममा भने हरेक वर्ष पीडा हुने गरेको छ ।
समस्या समाधानको लागि टोलको अध्यक्ष र वडा अध्यक्षसम्म निवेदन बोकेर पटकपटक जाँदा पनि एक टिप ग्राभेल पनि पाउन नसकेको उनले गुनासो गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -