चितवन / कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट दुई वटा र आर्थिक वर्ष २०७७/७८ को बजेटबाट दुई वटा गरी चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरभित्रको सामुदायिक विद्यालयमा बस प्रदान गरिएको कालिका नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट पृथ्वी माध्यमिक विद्यालय भटेनी र आधारभूत विद्यालय समीपुरलाई एक÷एक वटा बस हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७७÷७८ को वजेटबाट शक्तिखोरको चतुर्मुखी माध्यमिक विद्यालय र पदमपुरको भिमोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
उनले सेवा बढाउँदा शैक्षिक गुणस्तर सुधार हुनु पर्ने बताए । शैक्षिक सुधारकै लागि स्कुल बस प्रदान गरिएको भन्दै उनले पहाडी क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षामा सहजताको लागि अझै पनि समस्या रहेको उनको भनाइ थियो । चेपाङ् बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय निर्माण भइरहेको उनले भने ।
कालिका नगरपालिकामा ३५ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालय रहेका छन् ।
- ADVERTISEMENT -

चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













