२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

स्व. सापकोटाको ४५औं दिनको पुण्यस्मृतिमा बटुकहरुलाई भोजन तथा वस्त्र

प्रकाशित मिति : २०७८ भाद्र १२ गते

चितवन / भरतपुर १८, गुन्जनगरस्थित श्री परमानन्द स्मृति बैधिक विद्या भवन गुरुकुलका ५० जना बटुकलाई भोजन तथा वस्त्र वितरण गरिएको छ । उक्त गुरुकुललाई स्व. मदनप्रसाद सापकोटाको ४५औं दिनको पुण्यतिथिको अवसर पारेर सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि., फलफूल तथा तरकारी थोक व्यवसायी संघ र कृषि प्रबर्धन बजार विकास प्रा.लि.द्वारा संयुक्त रुपमा भोजन तथा वस्त्र वितरण गरिएको हो ।


सिद्धि विनायकका अध्यक्ष थिरप्रसाद धितालले स्व. मदनप्रसाद सापकोटाको सम्झना हाम्रो मानसपटलमा ताजै रहेको बताए । ‘हामीले हाम्रा सहयोद्धा, सहकर्मी गुमाएका छौं, जसको कारण सिंगो परिवार अत्यन्तै मर्माहित भएको छ ।’ अध्यक्ष धितालले भने, उहाँको यो अभाव तीनवटै संस्थामा सधैं खट्किरहने छ ।’
जुन लक्ष्य र उद्देश्य प्राप्तिका लागि उहाँ लाग्नु भएको थियो त्यसलाई पूरा गर्न हामी अहोरात्र लागि पर्ने उनको भनाइ थियो । उहाँको अधुरा सपनालाई साकार पार्न हामी हाम्रो तर्फबाट कुनै कसर नछोड्ने उनले भने ।
उनले सोही अवसरमा स्व. मदनप्रसाद सापकोटाको स्मृतिमा अक्षयकोष स्थापना गरिने र हरेक वर्ष उहाँको स्मृतिमा विभिन्न सामाजिक गतिविधि गरिने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement


कृषि प्रबर्धन बजार विकास प्रा.लि.का अध्यक्ष शालिकराम घिमिरले अब आउने भावी सदस्यहरुलाई उहाँकोे चिनारी दिन आवश्यक रहेको बताए । उनले तब मात्र उहाँको योगदानको उच्च कदर र सदा स्मरण हुने उनको भनाइ थियो ।
‘स्व. सापकोटाले चालेका कदमहरु, कर्मथलो हुँदाहुँदै अकल्पनीय निधन भयो, उनले भने, ‘उहाँको सपनालाई सार्थक र सफल बनाउन हामी सबै लाग्नु पर्ने छ ।’ उहाँले देखेका सपनाहरुमा सबैले एउटा एउटा इट्टा थप्दै सार्थक र सफल बनाउन र भोलिका पिढीलाई पनि सन्देश दिने किसिमका काम गर्न सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको धारणा थियो ।

सिद्धि विनायकका व्यवस्थापक विकास पौडेलले स्व. सापकोटाको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको बताए । उहाँको अभाव यो संस्थालाई सदैव खट्की रहने, जुन कहिल्यै पूरा नहुने उनको भनाइ थियो ।
कार्यक्रममा बटुकहरुलाई तीन वटै संस्थाको तर्फबाट संयुक्त रुपमा वस्त्र वितरण गरिएको थियो भने गुरुकुल संचालनार्थ नगद १० हजार पाँच सय दिइएको थियो । सोही अवसरमा बटुकलगायत आश्रमका सबैलाई स्व. सापकोटा भाइ काशीराम सापकोटाद्वारा छुट्टाछुट्टै नगद प्रदान गरिएको थियो ।
कार्यक्रममा फलफूल तथा तरकारी व्यवसायी संघका कार्यवाहक अध्यक्ष मुकुन्दप्रसाद गौतम, सिद्धि विनायक निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, शम्भु अधिकारी, कृष्ण सिलवाल, इन्दिरा पन्त, संगीता गौतमलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सिद्धि विनायक साकोसका व्यवस्थापक विकास पौडेलले संचालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11