April 19, 2024

लायन्स क्लबद्वयबाट आश्रमका ६५ जनालाई भोजन

August 31, 2021

चितवन / श्रीकृष्ण जन्माष्टमीका अवसर पारेर बाइपासमा अवस्थित मानव सेवा आश्रम चितवनमा आश्रित ६५ जनालाई भोजन वितरण गरिएको छ । भोजन वितरण लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ चितवन रामेश्वरले संयुक्त रुपमा आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बालगोपाल चुकेले दिनभरिको खर्च वापत रु पच्चिस हजारको चेक आश्रमकी साधिकालाई क्लबद्वयको तर्फबाट हस्तान्तरण गरेका हुन् । आश्रमलाई बिहानको नास्ता र खाना, दिउँसोको खाजा अनि बेलुकाको खाना समेत खुवाउन लाग्ने कुल खर्च बराबर पच्चीस हजार बराबरको चेक दिइएको हो ।
कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको एरिया नम्बर ३ का चिफ एरिया कोर्डिनेटर बाल गोपाल चुके, डिष्ट्रिक्ट डेपुटी चिफ नेत्रप्रसाद आचार्य तथा जोन ५४ का जोन चेयर पर्सन लोकबहादुर रानाभाट लगायतको उपस्थिति थियो ।
कार्यक्रम लायन्स क्लब अफ बालकुमारी र लायन्स क्लब अफ रामेश्वर क्लबका अध्यक्षद्वय ध्रुबप्रसाद पौडेल तथा जयन्तीप्रसाद उपाध्यायले अध्यक्षता गरेका थिए ।

- ADVERTISEMENT -