प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।
तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरूले नरूचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरूका अनुसार प्याजमा निकै लाभदायक तत्वहरू पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरू यस्ता छन् –
१) क्यालोरी दहन गर्न – बढि क्यालोरीयुक्त खाद्यपदार्थ खानाले मोटोपना लगायतका समस्या आउन सक्छ । तर प्याज यस्तो खाद्यपदार्थ हो जसले क्यालोरी दहन गर्न मद्दत गर्दछ । प्याजले कार्बोहाइड्रेटलाई पचाउन सहयोग पुर्याउँछ ।
२) महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४÷५ दिनअघि देखिबाट नियमित रूपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।
३) दागधब्बा हटाउन सहयोग गर्छ । प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।
४) प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । प्याजको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरूले बताएका छन् । प्याजमा हुने अर्गानोसल्फ तत्वले क्यान्सर प्रतिरोधी तत्वको रूपमा काम गर्छ । यसले क्यान्सर जन्य कोषलाई रोक्दछ ।
५) प्याजको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । प्याजमा हुने फाइटोकेमिकल्सले जिउमा भिटामिन सी को प्रभाव बढाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ ।
६) दिनहुँ प्याजको सेवनले रूघाखोकी तथा चिसोको समस्या पनि कम गर्छ ।
७) प्याजमा एन्टी फ्लामेटरी तथा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ । तसर्थ प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।
८) निद्रा नपर्ने समस्या भएकाहरूका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रूपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।
९) मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी हुन्छ । साथै यसमा फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । साथै मधुमेहका रोगीको लागि समेत प्याजको सेवन फाइदाजनक हुन्छ ।
१०) मुखबाट गन्ध आउने तथा दाँत, गिँजा र मुखमा संक्रमण भएका हरूका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । प्याजको सेवनले मुखमा रहेका हानिकारक जिवाणु नष्ट गर्न सहयोग गर्छ । –एजेन्सीको सहयोगमा
- ADVERTISEMENT -

प्याजको काइदा, दीर्घ जीवनको फाइदा, क्यान्सरदेखि मधुमेह सम्मको औषधि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












