April 18, 2024

चितवनका पत्रकार महिलासँग सुझाव संकलन

September 7, 2021

भरतपुर / नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार महिलासँग सुझाव संकलन कार्यक्रम गरेको छ । महासंघ चितवनको कार्य योजना बैठक पूर्व महिलासँग सुझाव संकलन कार्यक्रम हरितालिका अवसर पारेर सोमबार गरिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले महिला पत्रकारको हक हितको लागि सदैव तयार रहेको बताए । उनले आगामी दिनमा महिला पत्रकारको मागलाई उचित सम्बोधन हुने आश्वासन दिए ।
हरितालिका (तीज)को अवसर पारेर पत्रकार महिलासँग सुझाव संकलन कार्यक्रम राखिएको महासंघ चितवन शाखाका महिला उपाध्यक्ष प्रमिता ढकालले बताइन् । उनले महासंघलाई आगामी दिनमा महिलाहरुलाई पनि पुरुष सरह अवसर तथा नेतृत्व प्रदान गर्नुपर्ने माग राखेकी थिइन् ।
महासंघका पूर्व महिला उपाध्यक्ष शान्ता अधिकारीले महिलाहरुलाई पनि नेतृत्व जान पाउने वातावरण बनाउनु पर्ने बताए । पुरुष सरह महिलाले पनि नेतृत्व चलाउन सक्ने क्षमता भएको उनको भनाइ थियो । कार्यक्रममा महिला पत्रकार शान्ता अधिकारी (बी), प्रतिमा कुमाल, प्रतिमा सिलवालले पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिनुपर्ने बताइन् । पत्रकारको क्षमता अभिवृद्धिको लागि बेलाबेला तालिमहरु आवश्यक रहेको उनीहरुको आवाज थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उपाध्यक्ष प्रकाश ज्ञवाली, सचिव दिपेन्द्र अधिकारीलगायत ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका लागि सिराईचुली होटल, भरतपुर हाइटले सहजीकरण गरेको थियो ।

- ADVERTISEMENT -