नवलपुरमा १६ वटा मोटरसाइकलसहित ६ जना पक्राउ

0
9
Sketch

नवलपुर / जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले ठूलो संख्यामा चोरीका मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार बिभिन्न स्थान बाट चोरी भएका १६ वटा मोटरसाइकल सहित चोरी कार्यमा संलग्न ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मध्यबिन्दु १० बस्ने बर्ष २९ का मुकेश थापा, दिल बहादुर सोती मगर,जिल्ला पाल्पा निस्दी गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २५ का खेम बहादुर सारु, बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३० को गंगा बहादुर मगर, वडा नं. ४ बस्ने बर्ष २३ का प्रेम बहादुर परीयार र सोही ठाउँका बर्ष २० को मिलन थापा रहेका छन् ।
उनीहरु विरुद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने चोरीमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास कार्य समेत जारीरहेको प्रनाउ गिरीले जानकारी दिए ।