बझाङ / नेपाली कांग्रेस बझाङको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत नगदसहित सम्पर्कविहीन भएका छन् । अधिवेशनका क्रममा उम्मेदवारी दर्तावापतको शुल्क लिएर निर्वाचन अधिकृत बेपत्ता भएपछि बझाङ कांग्रेसमा अन्योल देखिएको छ ।
केन्द्रीय निर्वाचन समितिबाट जिल्ला मतदान अधिकृतका रुपमा खटिएका डडेलधुराका चेतराज भट्ट निर्वाचन नगराई सम्पर्कविहीन भएका हुन् । उनको साथमा अधिवेशनमा उम्मेदवारी शुल्कवापत उठेको करिब ७ लाख रकम रहेको बताइएको छ ।
बझाङमा असोज १५ गते जिल्ला अधिवेशन उद्घाटन भएको थियो भने असोज १६ गते शनिबार जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भएको थियो । २५ जना महाधिवेशन प्रतिनिधिका लागि ७५ जनाले ५ हजारका दरले शुल्क बुझाएर उम्मेदवारी दर्ता गरेका थिए ।
त्यस्तै जिल्ला सभापतिका उम्मेदवारहरु खडबहादुर बोहरा र रमेशबहादुर भण्डारीले १०(१० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाएका थिए । निर्वाचन समितिले जिल्ला उपसभापति र सचिवका लागि ७ हजार तथा सहसचिवका लागि ६ हजार रुपैयाँ शुल्क लिएको थियो ।
खडगबहादुर बोहरालाई संस्थापनइतर समूहका नेताहरुको पनि सहयोग रहेको थियो ।
निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि एक पक्षले तत्काल अर्को निर्वाचन अधिकृत तोकेर मतदान गराउन माग गरेको छ भने अर्को पक्ष दसैँपछि चुनाव गराउनुपर्ने पक्षमा देखिएको छ ।
कांग्रेस अधिवेशन : उम्मेदवारको शुल्क लिएर निर्वाचन अधिकृत बेपत्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.08
152.68

European Euro
1
177.09
177.79

UK Pound Sterling
1
205.24
206.05

Swiss Franc
1
194.64
195.41

Australian Dollar
1
109.03
109.46

Canadian Dollar
1
110.10
110.54

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.57
9.61

Chinese Yuan
1
22.42
22.50

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.72
41.88

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.40
41.57

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.04
10.08

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.70
23.79

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.86
497.82

Bahrain Dinar
1
403.40
404.99

Omani Rial
1
395.01
396.57










