चितवन / यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी ३ करोडभन्दा बढीले घटेको छ । चालू आर्थिक वर्ष ०७८/०७९ को साउन महीनाभन्दा भदौ महिनामा आम्दानी ३ करोड ११ लाख ८० हजार ६२६ रुपैयाँले कम संकलन भएको हो ।
साउन महीनामा कार्यालयले सबै शीर्षकमा गरी ७ करोड ४७ लाख ९५ हजार ९३० रुपैयाँ संकलन गरेको थियो भने भदौ महीनामा यो अनुपात घटेर ४करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ मात्र संकलन गरेको छ ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताव सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ ।
सबैभन्दा बढी आम्दानी सवारीसाधन करबाट
कार्यालयले सबैभन्दा बढी आम्दानी सवारी साधन कर शीर्षकबाट गर्दै आएको छ । जसअनुसार भदौ महीनामा यस शीर्षकबाट ३ करोड ७० लाख ५ हजार २९ रुपैयाँ आम्दानी भएको छ ।
यस्तै चालक अनुमति पत्र एवम् सवारी किताब सम्बन्धी दस्तुरबाट २१ लाख ५ हजार ४६५ रुपैयाँ आम्दानी गरेको छ भने यातायात क्षेत्रको आम्दानीबाट ४५ लाख १५ लाख ४ हजार ८१० रुपैयाँ आम्दानी गरेको छ । बेरुजु शीर्षक र प्रशासनिक दण्ड जरीवानाबाट कुनै रकम संकलन भएको छैन ।
कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिमका कारण बढी भीडभाड बढी हुने कार्यालय लगातार १० दिन बन्द गरेकोले यो कार्यालयको पनि राजस्व संकलनमा कमी आएको बताए । ‘भदौमा १० दिन बन्द हुँदा आम्दानी स्वतः एक तिहाईले नै घट्ने भयो ।’ उप्रेतीले भने ।
कार्यालयमा असार मसान्त र चैत्र मसान्तमा अत्याधिक चाप हुनाले असारमा १० करोडको हाराहारीमा राजस्व संकलन भएको उनले जानकारी दिए । ‘असारमा भन्दा साउनमा राजस्व संकलन त केही कम हुन्छ उनले भने, नयाँ आर्थिक वर्षमा राजस्व तिर्ने सवारीधनीको चाप पनि उत्तिकै हुन्छ ।’
कार्यालयमा हाल सवारी अनुमतिपत्र वितरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयाँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरु हुने उप्रेतीले जानकारी दिए ।
- ADVERTISEMENT -

यातायात कार्यालय चितवनको आम्दानी आधा कम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













