२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

हेटौंडामा बसको ठक्करबाट दुई जनाको मृत्यु मकवानपुर

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१९ नेवारपानीमा शनिवार यात्रुबाहक बसले देउसी भैलो खेल्न हिँडिरहेका यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्य हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानी निवासी २० बर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ बर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । रौतहटको गौरबाट हेटौंडा हुँदै नारायणगढतर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी भैलो खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै बसको ठक्करबाट अन्य ४ जना संगम नेपाली, निशा मोक्तान, तुलसा बिष्ट र लक्ष्मी गुरुङ् घाईते भएको र उनीहरुको हेटौडा तथा भरतपुर अस्पतालमा उपचार प्रहरीले जनाएको छ । ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ । घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11