२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

देशभर बढ्यो चिसो, दिनहुँ तापक्रम घट्दै

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते
File Photo

काठमाडौं / काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज बुधबार काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ ।
‘तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन’, उनले भनिन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । –रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28