२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

करेन्ट लागेर युवकको मृत्यु, परिवारलाई १६ लाख क्षतिपुर्ति

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते
Sketch

तनहुँ / करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विद्युत व्यवस्थापन समितिले १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ । विद्युत व्यवस्थापन समितिको लापर्वाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।
ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च दुलेगौँडाले मृतकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने गरी शुक्रबार सहमति गरेको हो । सहमति भएसँगै शव दमौली अस्पतालमा पोष्टमार्टम गरी नागढुंगा शवदाह गृह बेलचौतारामा अन्त्येष्टि गरिएको छ ।
समितिले एक लाख रुपैयाँ किरिया खर्च बापत आइतबार उपलब्ध गराउने सम्झौता गरेको छ । बाँकी १५ लाख रुपैयाँ २५ पुसभित्र उपलब्ध गराउन सहमत भएको हो । यस्तै, घाइतेको उपचार र यातायात खर्च पनि समितिले व्यहोर्ने भएको छ ।
बिहीबार बिहान ४ बजे ट्रान्सफर्मरमा आगलागी हुदाँ गाउँमा हाइभोल्टेज करेन्ट प्रवाह भएको थियो । बिहान ७ बजे चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जर समेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाईते भएका थिए । उपचारपछि घाईते दुबै निको भएका छन् । विद्युत व्यवस्थापन समितिको लापरवाहीले ट्रान्सफर्मरमा फ्युज नराखिकन करेन्ट प्रवाह गर्दा घटना भएको स्थानीयको आरोप छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11