२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनका प्रजिअ तामाङलाई तामाङ पत्रकार संघको स्वागत

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते

–प्रमिला तामाङ
चितवन / तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई स्वागत तथा सम्मान गरेको छ । कार्तिक १५ गते सर्वसम्मत चयन भएका संघको पहिलो बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी तामाङलाई उहाँकै कार्यकक्षमा आज सोमबार सम्मान गरेको हो ।
कार्यक्रममा प्रजिअ तामाङले कलम विवेकसिल सिपाई भएको र कलमको सही सदुपयोग भयो भने तरबारभन्दा ठूलो काम गर्ने बताए । उहाँले सबै तामाङ पत्रकारलाई अध्ययन अत्यन्तै जरुरी भएको र खोजमूलक पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो ।


उहाँले आगामी दिनमा तामाङ भाषाको विकास, तामाङ भाषाबाट नै पत्रिका प्रकाशन, तामाङ भाषाबाट नै कार्यक्रम संचालन गर्न जोड दिनुभयो । उहाँले सोही क्रममा हामी तामाङ जातिलाई किन पछि पारियो भन्ने कुरा बुझ्न जरुरी भएको समेत बताउनुभयो ।
उहाँले स्वागत तथा सम्मानको लागि धन्यवाद दिँदै आगामी दिनमा संघलाई आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष बबिलाल तामाङले चितवनमा प्रजिअ तामाङलाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष तामाङले संघको विगत र वर्तमान अवस्थाको बारेमा प्रजिअ तामाङलाई जानकारी गराएका थिए ।
आगामी दिनमा संघले सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्ने अध्यक्ष तामाङको भनाइ थियो । उहाँले तामाङ समुदायको आउँदै गरेको सोनाम ल्होछारलाई लक्षित गरेर संघले स्मारिका प्रकाशन गर्ने बताए । उहाँले प्रजिअ तामाङलाई स्मारिका प्रकाशन बारे लिखित पत्र मार्फत जानकारी दिएका थिए ।
सोही अवसरमा प्रजिअ तामाङले नवनियुक्त तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, सचिव प्रकाश तामाङ, कोषाध्यक्ष प्रतिमा तामाङ, सचिव प्रकाश तामाङ, सदस्य सुरेश तामाङ, युवक तामाङ र प्रमिला तामाङलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ चिरञ्जिवी पौडेल, विपद् व्यवस्थापन गण चितवनका कर्नेल मनबहादुर लामा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापालगायत चितवनका उच्च सुरक्षा निकायका व्यक्तित्वहरुको उपस्थिति थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20