२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

नेकपा माओवादी भरतपुर १२ मा घिमिरे सर्वसम्मत

प्रकाशित मिति : २०७८ मंसिर ४ गते

भरतपुर / नेकपा कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) भरतपुर वडा नं १२ को अध्यक्षमा मदनकृष्ण घिमिरे सर्वसम्मत चुनिनु भएको छ । आज शनिबार भएको वडा अधिवेशनमा घिमिरेको नेतृत्वमा ४५ सदस्यीय वडा कमिटी सर्वसम्मत चुनिएको हो ।
समितिको उपाध्यक्ष लिला पौडेल अधिकारी, सचिवमा भिम गुरुङ, कोषाध्यक्षमा सिता सुवेदी र सहसचिवमा अनिल घिमिरे चुनिनु भएको छ ।
माओवादी केन्द्रले इतिहासमै भव्य र जनवाद प्रयोग गरी गरेको अधिवेशनका कारण सिङ्गो वडाका नेता कार्यकर्ता उत्साहित भएको नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए । अब समितिका सबै सदस्य क्रियाशील भएर जनताको घरदैलोमा पुग्ने र राजनीति मार्फत जनसेवा गर्ने उनको भनाइ थियो । भरतपुर १२ मा करिव ६ सय संगठित सदस्य छन् ।
अधिवेशनको उद्घाटन समारोहमा माओवादीका अग्रज नेता टेकबहादुर थापाले राजनीतिमा धैर्यता, लगन र अनुशासन हराउँदै जान लागेकोले अब नयाँ पुस्ता संवेदनशील बन्नुपर्ने बेला आएको बताए । माओवादीको कार्यक्रम र आन्दोलनलाई जनतामा लगेर बुझाउदै अगाडि बढे पुनः माओबादी पहिलो पार्टी बन्ने दावी उनको थियो ।
युवा नेतृ निशा न्यौपानेले यस पटकको अधिवेशनले पार्टीलाई पुनः पुरानै लयमा फर्कन सहज हुने बताए । माओबादी सरकारमा हुँदा गरेका राम्रा कामहरुको पनि उचित प्रचार गर्न नसकेको भन्दै सबै कार्यकर्ताले माओवादीको कार्यक्रम र आन्दोलनबारे घरघरबाट बहस थाल्नुपर्ने उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51