२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

सिद्धि विनायकको समीक्षा बैठक : क्षमता अभिवृद्धिका लागि सहयोग गरिने

प्रकाशित मिति : २०७८ मंसिर ११ गते

चितवन / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले आगामी मंसिर १६ गते हुने १४औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा समीक्षा बैठक सम्पन्न गरेको छ । बैठकले उक्त साधारण सभाको लागि संचालक समिति, उपसमिति र सल्लाहकारलाई कामको बाँडफाँड र जिम्मेवारी दिएको छ ।
संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले हिजोको जस्तो कार्यविधिले संस्था अघि नबढ्ने बताए । अहिले संस्था चलाउन गाह्रो भएको र आगामी दिनमा संस्था संचालनका लागि पर्याप्त समय दिनुपर्ने उनको भनाइ थियो । संस्थाका सबै जिम्मेवार पदमा रहेकाले आफ्नो काम र कर्तव्य बुझ्नु पर्ने र सोही अनुसार परिचालन हुनुपर्ने उनले भने ।


संस्थाका अध्यक्ष थिरप्रसाद धितालले संस्थाको बारेमा जानकारी गराउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरे । संस्था विकासका लागि स्वयम् नै क्षमतावान हुनुपर्ने उनले बताए । क्षमता अभिवृद्धिका लागि सबैलाई जुनसुकै तालिम र संस्थाले सहयोग गर्ने उनको भनाइ थियो ।
संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयराम पाण्डेले आर्थिक प्रतिवेदनबारे जानकारी गराएका थिए । व्यवस्थापक विकास पौडेलले संस्थाको वित्तीय अवस्थाको बारेमा बताएका थिए ।

- ADVERTISEMENT -

Advertisement


सो अवसरमा स्व. मदनप्रसाद सापकोटाको स्मरणमा १ मिनेट मौन धारणा गरिएको थियो । स्व. सापकोटा संस्थाका वर्तमान उपाध्यक्ष थिए । स्व. सापकोटाले संस्था निर्माणमा खेलेको महत्वपूर्ण योगदानको कदर हुनुपर्ने उनकी धर्मपत्नी सीता सापकोटाले स्मरण गराईन् । स्व. सापकोटाको अधुरा काम र इच्छालाई पूरा गर्नुपर्ने उनको भनाइ थियो ।


संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, मानबहादुर पाण्डे, विनोद पौडेल, शम्भु अधिकारी, चण्डिका धिताल, संगीता गौतम, प्रमिला गौतमलगायतले बोलेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51