२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनको दिव्यनगर खानेपानी आयोजनाको प्रचण्डद्वारा शिलान्यास

प्रकाशित मिति : २०७८ मंसिर १८ गते
File photo.

चितवन / दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा भरतपुर–२६ दिव्यनगरमा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उक्त खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।
करिब २१ करोडको लगानी रहने उक्त खानेपानी आयोजनाको निर्माणका लागि सरकारले ९० प्रतिशत र उपभोक्ताले १० प्रतिशत लगानी रहने उपभोक्ता संस्थाले जनाएको छ ।
उक्त आयोजनामा ४५० घनमिटरको एउटा ओभरहेड ट्यांकी, कार्यालय भवन, गार्ड हाउस, १२६ किमी पाइप जडान, १८ सय ५५ धारा जडान गरिने बताइएको छ भने २०८० असारसम्म सम्पन्न गरिने दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्यले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले नारायणी नदीको तटवन्धन गर्ने आयोजना पनि बहुवर्षीय ठेक्का प्रकृयामा गइसकेकोले निर्माण कार्य तत्काल सुरु हुने बताए । तटवन्धनका लागि पाँच अर्ब बराबरको डिपिआर तयार भइसकेको र आगामी फागनुसम्ममा नदी कटान भएका क्षेत्रहरूमा तटवन्धन कार्य सम्पन्न हुनेगरी काम गर्न लागिएको उनको भनाइ थियो ।
भरतपुर–२६ दिव्यनगरका वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार दिव्यनगर खानेपानी आयोजना निर्माणपछि एक हजार ८५५ घरधुरीले शुद्ध खानेपानी पाउने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51