राप्रपाको अध्यक्षमा लिङ्देन विजयी

0
24

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्ष लिङ्देन विजयी भए पनि पदाधिकारीमा भने कमल थापा पक्ष नै हावी देखिएको छ । लिङ्देन र थापा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
खुला उपाध्यक्षमा विक्रम पाण्डे र बुद्धिमान तामाङ विजयी बनेका छन् ।
त्यसैगरी, महिला उपाध्यक्ष रोशन कार्की विजयी बन्दा खुला तर्फबाट धवल शमशेर राणा र भुवन पाठक महामन्त्री बनेका छन् ।