२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

मेसीको चारतारे होटेल भत्काउन अदालतको आदेश

प्रकाशित मिति : २०७८ मंसिर २२ गते

एजेन्सी / फुटबलका जादुगर अर्जेन्टिनी कप्तान लियोनल मेसीको स्पेनमा रहेको चारतारे होटेल मिम सिटगेस भत्काउन अदालतले आदेश दिएको छ । गत साता मात्रै कीर्तिमानी रूपमा सातौँपटक बालोन डिअर उपाधि जितेका हुन् । बार्सिलोना सहरभन्दा ४० किलोमिटर टाढा मेसीको स्वामित्वमा रहेको यो होटेल मापदण्डविपरीत बनेका कारण नै भत्काउनुपर्ने अदालतले आदेश दिएको स्पेनिस मिडियाहरूले जनाएका छन् ।
मेसीले सन् २०१७ मा तीन करोड युरोमा होटेल किनेका थिए । म्याजेस्टिक होटेल समूहसँग मिलेर होटेल खरिद गरेका थिए । यद्यपि, त्यसवेला पनि अदालतले मापदण्डविपरीत होटेल बनेका कारण भत्काउनुपर्ने अन्तरिम आदेश दिएको थियो । मेसीले होटेल खरिद गर्दा अदालतमा परेको मुद्दा र फैसलाबारे ध्यान दिएनन् । स्पेनिस मिडियाका अनुसार होटेलको बाल्कोनी निकै ठूलो छ ।
यो होटेल मेसीले सन् २०१७ मा तीन करोड युरोमा खरिद गरेका थिए । होटेल मापदण्डविपरीत रहेको भन्दै अदालतले भत्काउन आदेश दिएको हो ।
यसैगरी, चारतारे होटेलमा हुनुपर्ने मापदण्डअनुसार कोठाहरू पनि मिलेको छैन । होटेलको आगलागी नियन्त्रणको योजना पनि स्थानीय मापदण्डअनुसारको नभएको जनाइएको छ । यो होटेलमा ७७ ओटा कोठा छन् । यी प्रत्येक कोठामा बसेको एक रातको औसत एक सय पाँच पाउन्ड तिर्नुपर्छ । होटेलमा पाँचवटा जुनियर स्विट र एउटा स्विट कोठा छन् । यसैगरी, बेलायती पत्रिका द सनका अनुसार यो होटेलका अन्य संरचना तोकिएको मापदण्डअनुसार नभएको जनाएको छ । स्पेनिस अदालतले फैसला सुनाएपछि मेसीलाई होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको वेला थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51