राजविराज / सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलबार कुटाकुट भएको छ । कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ ।
दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बीउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । सोही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्वर ३ का अध्यक्ष दीपेन्द्रप्रसाद यादवले जानकारी दिनुभएको छ । ‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबीच मिनटमै मुकामुकी नै हुन थाल्यो’, उहाँले भन्नुभयो– ‘अध्यक्षको त दुईवटा दाँत नै भाँचिएको छ ।’
‘अध्यक्षले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरें र सोही क्रममा कुर्सी पनि उठाएँ’, उपाध्यक्ष मण्डल भन्नुहुन्छ– ‘तर, मलाई थाहा छैन उहाँको दाँत भाँचिएको भन्ने ।’
सो घटनाबारे पालिका अध्यक्षसँग बुझ्न खोज्दा फोन उठेन । यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्ष घम्साघम्सी भएको बताउनुभयो । ‘घटनापछि उहाँहरु आ–आफ्नो घरतिर लाग्नुभयो भन्ने कुरा जानकारीमा आएको छ । यद्यपि, उहाँहरुबाट प्रहरीमा उजुरी परेको छैन ।’ –उहाँले भन्नुभयो ।
- ADVERTISEMENT -

सप्तरीको गाउँपालिका अध्यक्ष–उपाध्यक्षबीच बैठकमै कुटाकुट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












