२०८३ जेष्ठ १८, सोमबार
June 1, 2026
२०८३ जेष्ठ १८, सोमबार
June 1, 2026 Monday

ओलीको रणनीति – फकाउने, लोभ्याउने र धम्क्याउने

प्रकाशित मिति : २०७७ श्रावण १२ गते

मकवानपुर / प्रधानमन्त्री केपि शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग आफुले दुवै पद नछोड्ने र हटाउन खोजे संसद विघठन गरेर मध्यवधिमा जाने मात्रै धम्कि दिएनन् पार्टी फुटाउन पुरानो नेकपा एमाले दर्ता गर्न समेत लगाए । ओलीले मन्त्रिपरिषदको बैठकमै मन्त्रिहरुलाई ‘कता लाग्ने हो, कित्ता क्लिएर गर्न’ समेत खुलेआम भने । बालुवाटार निवास बोलाएर आफु पक्षका युवा–विद्यार्थीका नेताहरुलाई आफ्नो पक्षमा सडकमा नाराजुलुश गर्न अह्राए ।
राष्ट्रपति विद्यादेवि भण्डारीसँगको निकटताका कारण भण्डारीले पनि ओलीले सरकारका तर्फबाट सिफारिश कतिपय विषय आँखा चिम्लेर घण्टासमेत वित्न नपाई तोक लाउने गरेकी छिन् । सोही निकटताको फाईदा उठाउँदै ओलीले जो नेताहरु जे कुराले तर्सिन्छन् सोही भन्ने गरेको एक नेताले बताए ।
पछिल्लो समय पार्टी फुटबाट बचाउनु पर्ने कुरा गरिरहेका पुर्व माओवादी समुहका नेताहरुलाई ओलीले कतिपयलाई उनका गुटका अन्य नेताहरुले आफुलाई दुवै या एक पदबाट हटाए पार्टी फुटाल्ने बताउने गरेका छन् । कतिपय नेताहरु अहिले पार्टी फुट्नु भन्दा ओलीलाई नचलाउनु राम्रो भनेर सोही डरका कारण समेत बोलिरहेको बताइन्छ ।
हुनपनि ओलीले शुक्रबार योगेश भट्टराई, शनिबार वर्षमान पुन र आइतबार घनश्याम भुषाललाई भेटेर प्रचण्ड–नेपाल समुहले आफुलाई हटाउन खोजे पार्टी फुटाउने बताए । एकता जोगाउनुपर्छ भनेर लागेका पुन, भट्टराई र भुषालहरुको मनोविज्ञानमाथि ओलीको प्रहार थियो । केही नेताहरुलाई भने ओली पक्षधरहरुले मन्त्रि बनाईदिने, फलानु निकायको नेतृत्व दिने, चुनावी रिण छ भने तिर्ने बन्दोबस्त मिलउँछु भन्ने, उनीहरुले भनेकाहरुलाई विभिन्न सरकारी निकायहरुमा नियुक्ति दिलाई दिन्छु भन्ने जस्ता काम गरिरहेका प्रचण्ड–नेपाल समुहका सदस्यहरुको आरोप छ ।
उनका अनुसार पुर्व माओवादी समुहका कतिपय नेताहरु पार्टी फुट्छ कि भनेर डराएका छन् भने कतिपय नेताहरु ओली समुहले लोभ्याएको लोभमा परेका छन् ।
उनी भन्छन्–‘कतिपयलाई पुराना एकदुई कमजोरी समातेर महरा जस्तै जेल पठाई दिन्छु भनेर समेत भन्ने गरेको पाईयो ।’ ओली पक्षको यो रणनीतिले नेपाल समुहलाई भने काम गरेको छैन । नेपाल समुह ओलीसँग आजित छ र उसले यि सबै प्रयोगवादी रणनीति हो भनेर बुझेका छन् । एक स्थायी समिति सदस्य भन्छन् –‘पुर्व माओवादी नेताहरु ओलीसँग झुक्किएका हुन्, एकदिन होशमा आउँदा सबै सकिएको नहोस्’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.89
177.59
UK Pound Sterling
1
204.21
205.02
Swiss Franc
1
194.21
194.98
Australian Dollar
1
108.98
109.41
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
118.83
119.30
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.30
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.06
10.10
Swedish Kroner
1
16.41
16.48
Danish Kroner
1
23.67
23.76
Hong Kong Dollar
1
19.36
19.43
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61