चितवन / राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले तालिमको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले फोटो पत्रकारिताले विगतका राजनीतिक उपलब्धीहरुलाई ताजा बनाउने काम गरको बताए । उनले पत्रकारिता क्षेत्रमा समाचारका विषयवस्तुलाई फोटोले थप मजबुद बनाउने गरेको बताए ।
‘हिजो देशमा व्यवस्था परिवर्तनका लडाँई चलिरहँदा हामीले गरेका क्रियाकलापहरु अहिले विभिन्न स्थानमा देख्दा विगतको स्मरण हुन्छ । आन्दोलनताका गगन थापाले ढुंगा हानीरहेको फोटो त्यसको उदाहरण हो । पत्रकारिता क्षेत्रमा समाचारको विषय जति सशक्त हुन्छ त्यसलाई कलात्मक बनाउन फोटोको पनि उत्तिकै भूमिका हुन्छ । शब्दले वर्णन गर्न नसकेका कुरा फोटोबाट प्रष्ट रुपमा प्रस्तुत हुन्छ ।’ बानियाँले भने । उनले पत्रकारिताका अन्य विधा जस्तै फोटो पत्रकारितामा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै त्यसमा आफ्नो तहबाट सहयोग गर्न पनि तयार रहेको बताए ।
‘म अहिले बागमती प्रदेशको संसदीय दलको नेता पनि हुँ, हाम्रोे दल सरकारमा छ । हामीले पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिका लागि काम गरिहेका छौँ । फोटो पत्रकारिता पनि त्यसको एउटा पाटो हो । फोटो पत्रकारिताको थप रुपान्तरणका लागि आवश्यक सहयोग गर्न मेरो पहल हुनेछ, उनले भने । त्यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा हरेक विधामा कलम चलाउने वा फोटो भिडियो सम्पादन तथा प्रकाशन गर्ने पत्रकारहरुले दिएको योगदानको कारण नै आज राज्यव्यवस्था परिवर्तन सम्भव भएको बताए ।
विगतमा भएका आन्दोलनमा अश्रुग्यास, गोलि बारुद र लाठिको बिचमा रहेर पत्रकारहरुले जनतालाई सूसुचित गराउन गरेको कामको कारण नै यो परिवर्तन सम्भव भएको मन्त्री लामाले बताए । पत्रकारिता क्षेत्रसंग आफ्नो पहिलादेखिकै सम्बन्ध रहेको र फोटोग्राफीकै लागि साथीहरुसंग केही समय पनि बिताएको अनुभव उनले स्मरण गरे । फोटोग्राफी हामिले सोचे जस्तो सहज नभएको भन्दै त्यसका लागि लगनशीलता र परिश्रम अपरिहार्य भएको मन्त्री लामाको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त र बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारीले दुई दिने तालिमले फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकाहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका १३ वटा जिल्लाबाट ३० पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रम समूहका बागमती प्रदेश अध्यक्ष नारायण शिलवालको अध्यक्षतामा भएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा राष्ट्रिय फोटो पत्रकारिता तालिम आजबाट सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.64
176.32

UK Pound Sterling
1
205.38
206.18

Swiss Franc
1
188.87
189.60

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.53
109.95

Singapore Dollar
1
119.45
119.92

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.30
42.46

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.54
10.59

Swedish Kroner
1
15.86
15.92

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.67
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09














