–युवक तामाङ
चितवन / राप्ती नगरपालिका वडा नं ११ का वृद्धवृद्धा, अपाङ्ग तथा एकल महिलालाई ज्याकेट वितरण गरिएको छ । वडा नं ११ का दुई सय जना वृद्धवृद्धा, अपाङ्ग तथा एकल महिलालाई जाडोको समय राहत स्वरुप आइतबार ज्याकेट वितरण गरिएको हो । ज्याकेट पाउने सबै सामाजिक सुरक्षा भत्ता पाइराखेका हुन् ।
हिमालय लिडरशिप विकास केन्द्र जिरिको आयोजना भएको उक्त कार्यक्रम सोही वडाका चिउरिटार, आपपानी र थाकलटारमा ज्याकेट वितरण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला सदस्य तथा समाजसेवी श्री सोमीलाल तामाङ र रुपक तामाङको विशेष पहलमा ज्याकेट वितरण गरिएको हो । कार्यक्रममा बोल्दै एमालेका जिल्ला सदस्य तामाङले ज्याकेट वितरणले बृद्ध बृद्धा, अपाङ्ग तथा एक्कल महिलाहरु लाभान्वित भएको बताए । आगामी दिनमा अझै अशक्त र पीडितलाई राहतको लागि पहल गरिने उनको भनाइ थियो ।
हिमालय लिडरशिप विकास केन्द्रका सल्लाहकार तथा राप्ती जिरी वडा नं. ९ का वडाध्यक्ष श्री ज्ञानबहादुर सुनुवारले राप्ती ११ का विद्यालय तथा स्वस्थ्य केन्द्रहरुलाई आवश्यक स्टेशनरी तथा स्वस्थ सामग्रीहरु उपलब्ध गरिने बताए ।
सोही अवसरमा मार्ताल आधारभुत विद्यालयका प्रअ गोमनसिङ लामा, आपपानी विद्यालयका प्रअ गोविराज घलान, थाकलटार टोल सुधार समितिका अध्यक्ष श्री धर्मराज लामा लगायतले सहयोगी हातहरुलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा हिमालय लिडरशिप केन्द्रका प्रमुख कार्यकारी अधिकृत अभय ईश्वर सुनुवार, संचालक सदस्य रमेश सुनुवार, राजु सुनुवार, स्थानीय जनप्रतिनिधिहरु साथै अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
ज्याकेट प्राप्त गरे पश्चात बृद्धबृद्धा, अपाङ्ग तथा एकल महिलाहरुको मुहारमा खुशी छाएको थियो भने उनीहरुले नाच्दै, गाउँदै खुशी ब्यक्त गरेका थिए ।
- ADVERTISEMENT -

चितवन राप्ती ११ का २०० जनालाई ज्याकेट प्रदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













