२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

इच्छाकामना र गोरखा जोड्ने जीप लाइन सुरु

प्रकाशित मिति : २०७८ चैत्र २५ गते

चितवन / चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका जीपलाइनबाट जोडिएको छ । त्रिशुली नदीमाथि बनाइएको जीपलाइन बिहीबार उद्घाटन गरी सञ्चालनमा आएको हो । इच्छाकामना ३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार जोडिएको हो । त्रिशुली नदीमाथि व्यवसायिक रुपमा सो जीप लाइन सञ्चालनमा आएको हो ।
जीपलाइनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पर्यटक बढाउन सहयोग पुर्याउन बताउनुभयो । इच्छाकामनाको पर्यटकीय स्थलहरु लामो झरना, इच्छाकामना मन्दिर, सिराइचुली,उपर्दाङगढी, त्रिशुली नदी ¥याफ्टिङ सबै समेट्न सकिने र यहाँ आउने पर्यटकहरुलाई ती ठाउँमा पनि पुर्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी गाउँपालिका अध्यक्ष रानामगरले जीपलाइनले पर्यटन विकास सँगै दुईपालिका जोड्ने काम गरेको बताउनुभयो । जीपलाइन सञ्चालनसगैँ पर्यटकहरुको आवागमन बढ्ने र यहाँका होटल लगायतका व्यवसायीहरु लाई टेवा पुग्ने विश्वास व्यक्त गनुृभयो । रिभर फन बिच’ रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमुना भएको दावी गर्दै ५५८ मिटर दुरीको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिने बताउनुभयो ।
नेपालीका लागि रु १ हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उहाँले बताउनुभयो । प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले रु ३ करोडमा जीपलाइन निर्माण गरिएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83