२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

पुल निर्माण कार्य ४ वर्षदेखि अलपत्र

प्रकाशित मिति : २०७७ श्रावण २५ गते
sketch

चितवन / चितवनको पम्फा खोलामा पुलको निर्माण कार्य अलपत्र परेको छ । खैरहनी नगरपालिका वडा नं–६, नमुना पेट्रोल पम्पनजिकको पम्फा खोला पुलको निर्माण कार्य चार वर्षदेखि अलपत्र परेको हो ।
स्थानीयवासी केशवराज बास्ताकोटीको अनुसार ४ वर्ष अघि पुल बनाउन भनेर ५० लाख भन्दा बढीको सामान झारेपनि हालसम्म पुल निर्माण हुन सकेको छैन। जसले गर्दा स्थानीयहरुले ५ सय मिटरको दुरि पारगर्न ५ किलोमिटर हिड्न परेको उनी बताउँछन्।
बारम्बार स्थानीयले सडक डिभिजन कार्यालयलाई र स्थानीय जनप्रतिनिधिलाई खबर गरे पनि बेवास्ता गरेको उनको भनाइ छ ।
यता सडक डिभिजनका इन्जिनियर धिरज ढकालले भने पानीको सतह माथि हुँदा पुलको फाउन्डेसनको काम गर्न नसकिएको बताए । पम्फा खोला पुल बनाउन इन्जिनियरिङ समीर जेभीसँग ०७३ असार ३० गते सम्झौता भएको थियो ।
सम्झौताअनुसार सुरूको म्याद ०७५ असार २९ गते सकिएको हो । फाउन्डेसन नै उठाउन नसकिएपछि सडक विभागले पुलको डिजाइन परिवर्तन गर्न भनेको ढकालले बताए । पुलको नयाँ डिजाइन अझै तयार भएको छैन, तर म्याद भने ०७७ माघ ५ गतेसम्म थप भएको उनले बताए ।
पुलको अध्ययनका लागि विभागबाटै विशेषज्ञ टोली आउने भनिएको छ । टोली आएपछि मात्र काम अघि बढ्ने उनको भनाइ छ । यस्तै समस्याले गर्दा चितवनमा ५ ओटा पुलको निर्माण कार्य अलपत्र परेको छ । अलपत्र परेका पुलहरुको भने सडक डिभिजन कार्यालयले म्याद थप गरिरहेको छ । समयमा पुल निर्माण हुन नसक्दा स्थानीय ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।

–हल्कारो डटकमबाट ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68