हेटौंडा / स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ आज (बिहीबार)देखि हेटौंडामा हुँदैछ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए । यही जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा र बाग्मती युवा क्लब सर्लाही भिड्नेछन् । प्रतियोगितामा नव जनजागृति र बाग्मतीसँगै विभागीय क्लबह नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताका लागि करिब एक करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव सुवेदीले बताए । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन भएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।
अघिल्लो वर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगिता हेर्नका लागि पहिलो चरणको खेलमा एक सय रुपैयाँ, सेमिफाइनलमा दुई सय रुपैयाँ र फाइनल खेलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।
- ADVERTISEMENT -

मकवानपुर गोल्डकप सुरु, उद्घाटन खेलमा सिमरा र सर्लाही भिड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11











