२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्तीमा जनभावना विपरित गएपछि एमालेको हार

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते

चितवन / स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै निर्वाचित जनप्रतिनिधिहरु आ–आफ्नो स्थानीय तहमा उत्साहकासाथ खटिसकेका छन् ।
स्थानीय तहको निर्वाचन २०७९ मा दलहरूले सोचेभन्दा फरक मत परिणाम आएको छ । त्यस्तै भिन्न मतपरिणाम चितवनको राप्ती नगरपालिकामा पनि आएको छ । नेकपा एमालेको गढ भनेर चिनिने राप्ती नगरपालिकामा यस पटकको स्थानीय तह निर्वाचनमा एमाले लजास्पद हार व्यहोर्नु प¥यो ।
पालिकाका वडामा नेकपा एमालेले ८ वटा अध्यक्ष, कांग्रेसले ३ र समाजवादीले १ र १ स्वतन्त्रले वडा अध्यक्ष जितका भएपनि मेयर र उपमेयरमा भने लजास्पद हार व्यहोरेको छ ।
यसको मुख्य कारण हो राप्ती नगरपालिकामा एमाले भित्र टसल । त्यस्को साथसाथै एमालेले योग्य उम्मेदवारलाई नभएर आफू निकट मान्छेलाई टिकट दिएर उम्मेदवार खडा गर्नु प्रमुख कारण बनेको छ ।
२०७४ सालको स्थानीय चुनावमा भारी मतले कांग्रेसलाई उछिन्दै मेयर र उपमेयर एमालेले जितेको थियो ।
यसपटक सुरुमा पूर्व उपमेयर ईमानसिंह लामाको मेयरमा टिकटको चर्चा चलेपनि अन्त्यमा गोविन्द कँडेललाई मेयरको टिकट दिइयो । उनै कँडेल हारको कारण बने । पूर्व उपमेयर लामा राप्ती नगरपलिकामा एक सामाजिक योद्धाका रुपमा परिचित थिए । तर कँडेलले लामालाई उछिन्दै पुर्व मेयर प्रभा बरालको सहयोगमा टिकट हात पारे ।
इमानसिंह लामा उपमेयर हुँदा एकलौटी चलेको भन्दै पूर्वमेयर प्रभा बरालले आलोचना गर्दै आएका थिइन् भने जिल्ला र केन्द्रमा पनि लामा विरुद्ध बिफ्रिङ गरेका थिइन् । राप्तीका जनताले मेयरमा लामालाई देख्न चाहेको तर टिकट वितरणमा जनभावना विपरित गएकाले पनि एमाले हारको कारण रहेको स्थानीयको दाबी छ ।
एमाले पराजित भएपछि गठबन्धनका तर्फबाट मेयरमा समाजवादीका शम्शेर लामा र उपमेपयरमा कांग्रेसका देवेन लामाले जीत हाँसिल गरेका छन् ।
अझ रोचक त के छ भने नेकपा एमालेको स्थायी कमिटी सदस्य सिता पौडेल,केन्द्रिय सदस्य प्रभा बराल, बागमती प्रदेश सदस्य हरि पौडेल,चितवन जिल्ला संगठन विभाग प्रमुख घनश्याम कँडेल लगायतका केन्द्रिय स्तरका नेता हुँदा मेयर त परको कुरा आफ्नो वडा समेत बचाउँन सकेनन् । जस्को फाइदा उठाउँदै वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार सुमिता डल्लाकोटी विजयी भएकी थिइन् । –ग्लोबल टिभीबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34