२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देश छोडेर माल्दिभ्सतर्फ श्रीलंकाका राष्ट्रपति राजपक्ष

प्रकाशित मिति : २०७९ असार २९ गते

काठमाडौँ / श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन् । देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन् ।
७३ वर्षीय राजपक्ष स्थानीय समयानुसार बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले थाहा पाएको छ ।
उनले देश छोडैसँगै श्रीलङ्कामा दशकौँसम्म शासन गर्ने राजपज्ञ परिवारको राजनीतिक वर्चस्व अन्त्य भएको छ ।
शनिवार हजारौँ प्रदर्शनकारीहरूले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेदेखि उनी लुकिरहेका थिए ।
यसअघि राष्ट्रपतिले जुलाई १३ (आज) राजीनामा दिने वचन दिएका थिए ।
उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजपक्षले पनि देश छाडेको स्रोतले बीबीसीलाई बताएको छ । उनी अमेरिका प्रस्थान गर्न लागेको ठानिएको छ ।
राष्ट्रपतिको प्रस्थानको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन् ।
मङ्गलवार साँझ त्यहाँ राष्ट्रपतिको राजीनामाको पर्खाइमा हजारौँ मानिस भेला भएका थिए ।
श्रीलङ्कामा उत्पन्न अभूतपूर्व आर्थिक सङ्कटका लागि राजपक्षको प्रशासनलाई दोष दिइएको छ ।
महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन् ।
पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ ।
देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न क्रियाशील सरकार चाहिन्छ। यद्यपि राष्ट्रपतिले देश छोडेपछि शक्ति असन्तुलित हुने सम्भावना देखिएको छ ।
अन्य दलका नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल गरेको भए पनि सहमतिको नजिक पुग्ने कुनै सङ्केत देखिएको छैन। उनीहरूको निर्णय सर्वसाधारण जनताले स्वीकार गर्छन् या गर्दैनन् भन्ने समेत स्पष्ट छैन ।
विक्रमसिङ्घले उनको स्थानमा काम गर्नुपर्छ। प्रधानमन्त्रीलाई संसद्मा राष्ट्रपतिको सहायक मानिन्छ ।
यद्यपि विक्रमसिङ्घ पनि निकै अलोकप्रिय छन्। गत शनिवार प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगो लगाएका थिए । त्यतिबेला उनी र उनको परिवार घरभित्र थिएनन् । उनले नयाँ सरकार गठन गर्ने बाटो बनाउन राजीनामा दिने बताएका छन् । तर उनले मिति भने तय गरेका छैनन् ।
संविधानविद्हरूका अनुसार यसले संसद्को सभामुखलाई कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्ने सम्भावनाको बाटो खुला गर्छ । यद्यपि महिन्द यापा अबेवर्दन राजपक्षका सहयोगी हुन् । जनताले उनलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि स्पष्ट छैन ।
कार्यवाहक राष्ट्रपति बन्ने व्यक्तिलाई सांसदका सदस्यहरूमध्येबाट नयाँ राष्ट्रपति चयन गर्न ३० दिनको समय हुन्छ। त्यस निर्वाचनबाट विजयी व्यक्तिले सन् २०२४ को अन्त्यसम्म राजपक्षको कार्यकाल सम्हाल्न पाउनेछन् ।
सोमवार श्रीलङ्काका प्रमुख विपक्षी नेता सजित प्रेमदासले गोटाबय राजपक्षले राजीनामा दिएपछि आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको बीबीसीसँग बताएका थिए । तर उनलाई पनि सार्वजनिक समर्थन कम छ । समग्रमा राजनीतिकर्मीहरू उनीलाई विश्वास गरेको देखिँदैन ।
श्रीलङ्कालाई परिवर्तनको मोडमा उभ्याउने विरोधप्रदर्शनले पनि देशको नेतृत्व गर्ने उपयुक्त दाबेदार प्रस्तुत गर्न सकेको छैन । –बीबीसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34