२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चितवन डिड्यानको दिवंगत गुरुहरुप्रति उच्च सम्मानसहित दिप प्रज्वलन

प्रकाशित मिति : २०७९ असार ३० गते

चितवन / नृत्य निर्देशक संघ नेपाल चितवन शाखा (डिड्यान)ले गुरुपूर्णिमाको अवसर पारेर दिवंगत नृत्य गुरुहरुको सम्झनामा उच्च सम्मान गर्दै दिप प्रज्वलन गरेको छ । बुधबार पोखरा बसपार्कको गौरेश्वर मन्दिरमा गुरुपूर्णिमाको अवसर पारेर दिवंगत नृत्य गुरुहरुको सम्झनामा दिप प्रज्वलन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर महानगरपालिका वडा नं. १ का वडाअध्यक्ष केशव महर्जनले कलाले संस्कृतिको जगेर्ना गर्ने बताए । पश्चिमेली मुलुकको भड्किलो संस्कृतिलाई तिरस्कार गर्न हाम्रो मौलिक कला संस्कृतिलाई प्रोत्साहन गर्न जरुरी भएको वडाध्यक्ष महर्जनको भनाइ थियो ।


पछिल्लो समय विदेशी नृत्य समाजमा भड्किलो हावी हुँदै गएकोले नेपाली मौलिक नृत्य चुनौतीको रुपमा देखिएको उनको जिकिर थियो । नेपाली कला संस्कृतिको सुरक्षाको लागि सबैले आ–आफ्नो स्थानबाट हातेमालो गर्नुपर्ने बेला आएको उनले सुझाव दिए ।
नेपाली संस्कृतिलाई जगेर्ना गर्नु भनेको भावी पिढीलाई सुरक्षित गर्नु, समुन्नत समाज निर्माण र सुसंस्कृति समाजको निर्माणमा इँटा थप्ने काम भएको जिकिर गरे । नृत्य क्षेत्रमा नाम र दाम दुबै भएकाले सबैलाई सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
नृत्य क्षेत्रले समाज रुपमान्तरणको भूमिकामा सहयोग पुग्ने उनको विश्वास थियो भने नृत्य क्षेत्रलाई वडाबाट हुने कुनै पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

- ADVERTISEMENT -

Advertisement


डिड्यान चितवनका अध्यक्ष रेनु तामाङले अग्रजहरुलाई सम्मान गर्दै र नवप्रतिभालाई हौसला दिँदै अघि बढ्ने बताए । नेपाली कला संस्कृति र उत्थानका लागि सदैव लागि पर्ने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने उपस्थित सबैले मैनवत्ती प्रज्वलन गरेका थिए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष लीलाराज थापामगर, उपाध्यक्ष पुष्प श्रेष्ठ, जनप्रतिनिधि मनोज घिमिरे, चितवन डान्स सेन्टरका प्रमुख प्रशिक्षक मनोज लामा, कलाकार मदन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम डिड्यान चितवनका अध्यक्ष रेनु तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन बसन्त लामाले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11