२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

पुष्पलालको ४४ औँ स्मृति दिवस आज, विविध कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति : २०७९ श्रावण ७ गते
photo : google

काठमाण्डाै / नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पुष्पलालले २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको हो ।

उहाँले स्थापना गर्नुभएको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिस्ट पार्टी बनेका छन् । उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ‘कु’ गरेर प्रजातान्त्रिक बहुदलीय व्यवस्थालाई अपदस्त गरी निरङ्कुश व्यवस्थाको स्थापना गरेपछि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लागेको थियो । पुष्पलालसहितका नेता भारतमा निर्वासित हुनुपरेको थियो ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेकपा स्थापना गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पार गरिसक्दासम्म पनि नेपाली क्रान्ति अझै सम्पन्न हुन नसकेको टिप्पणी हुँदै आएको छ । लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57