२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उपत्यकामा दुई सातादेखि उठेर फोहोर, दुर्गन्ध फैलिँदै

प्रकाशित मिति : २०७९ श्रावण १४ गते
File photo.

काठमाडौं / उपत्यकामा दुई साताभन्दा बढी समयदेखि फोहोर नउठ्दा दुर्गन्ध पैmलिएको छ । लामो समय फोहोर नउठ्दा चोक तथा गल्ली–गल्लीमा फैलिएको दुर्गन्धका कारण हैजा फैलने सम्भावना बढेको छ । उपत्यकामा जताततै फोहोर थुप्रिँदा सुन्दर काठमाडौं कुरूप बन्न पुगेको छ ।
कलंकी सीतापाइला, बालाजु, माछापोखरी, गंगबु क्षेत्रमा मुख्य रोडवरिपरि फोहोरका डंगुर छन् । सबैभन्दा बढी कुरूप र फोहोरको डंगुर गंगबु बसपार्क क्षेत्रमा थुप्रिएको छ ।
त्यस्तै, महाराजगन्ज, त्रिपुरेश्वर तथा विभिन्न खोलाका करिडोर क्षेत्रमा पनि फोहोर थुप्रिँदा हिँडडुल गर्नै असहज भइरहेको छ । सरकारी निकाय भने रमिते बनेको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको गैरजिम्मेवारीपनका कारण समस्या देखिएको हो ।
काठमाडौं महानगरपालिका, वातावरण विभाग प्रमुख सरिता राईले लामो समय फोहोर उठ्न नसक्दा हैजा फैलनसक्ने खतरा बढेको बताइन् । उनका अनुसार बाटो निर्माणका लागि काठमाडौंवासीलाई एक साता घरमै फोहोर राख्न अनुरोध गरेपछि पुनः उठाउन थाल्दा अवरोध आएको हो । ‘स्थानीयले केही माग राखेर अवरोध गर्नुभएको छ’, उनले भनिन्, ‘त्यसकारण फोहोर सहज रूपमा उठ्न सकेको छैन ।’
– काठमाडौं कुरूप बन्दै
– सबैभन्दा फोहोरको डंगुर बसपार्क क्षेत्रमा
– नदी कोरिडर क्षेत्र पनि फोहोरले भरिन थाले
– काठमाडौंवासीलाई हिँड्डुल गर्नै असहज
– सरकारी निकाय रमिते
नुवाकोट सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखेर फोहोरका गाडी अवरोध गरेपछि पुनः फोहोर उठाउने कार्य रोकिएको हो ।
यसअघि, महानगरपालिकाले एक साताका लागि बाटो निर्माणको कार्य भइरहेकाले फोहोर नउठ्ने र सो समयसम्म घरमै फोहोर वर्गीकरण गरेर राख्न अनुरोध गरेको थियो । महानगरपालिकाले एक साता फोहोर उठ्ने सूचना जारी गर्नुभन्दा एक साताअघि नै काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा फोहोर उठ्न छाडिसकेको थियो ।
गत जेठ अन्तिम साता सरकार र स्थानीयबीच सहमति भएसँगै फोहोर उठाउन थालिएको थियो । स्थानीयले जग्गा अधिग्रहण प्रक्रिया थालनी गरिनुपर्ने, फोहोर संकलन गर्दा नै कुहिने र नकुहिने फोहोर छुट्याउने र कुहिने फोहोर मल कारखानामा लैजानुपर्ने, स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था हुनुपर्ने, स्वास्थ्य बिमा व्यवस्था हुनुपर्ने, सडक स्तरोन्नति गरिनुपर्नेजस्ता माग राख्दै आएका थिए । स्थानीय माग सम्बोधन गर्नमा सरकार सकारात्मक देखिएपछि सहमति जुटेको थियो ।
सरकार, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबीच सहमतिअनुसार सरकारले बाटो निर्माणलगायत धमाधम गर्दै आएको छ । फेरि कतिपय स्थानीयले भने फोहोरका गाडीका कारण दुध बोक्ने गाडीलाई समस्या भएको, बाटोमा दुर्गन्ध फैलिएको लगायत कारण देखाउँदै फोहोरका गाडी आवातजावतमा अवरोध पु¥याएका छन् ।
सरकारले स्थानीयको एउटा समूहसँग वार्ता सहमति गर्नेगरे पनि विभिन्न समय अलगअलग समूहले विभिन्न मागमा फोहोरका गाडी आवातजावतमा समस्या पार्ने गरेको पाइएको छ ।
१६ वर्षदेखि नुवाकोट सिसडोलमा काठमाडौं, ललितपुरलगायतको फोहोर फालिँदै आएको छ । सरकारले दिगो रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सीमास्थित बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आए पनि ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले अहिले विकल्पका रूपमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्दै आएको छ ।
यसअघि, गत वैशाखमा झन्डै एक महिना काठमाडौंको फोहोर उठ्न सकेको थिएन । त्यसअघि दुई साता स्थानीयले फोहोरका गाडीलाई अवरोध गरेका थिए । (राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72