२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

फोनिजले २३ औं स्थापना दिवस मनाउँदै, पहिलो पटक कार्यालय शुभारम्भ

प्रकाशित मिति : २०७९ श्रावण २७ गते

चितवन / जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले आज (शुक्रबार) २३ औं स्थापना दिवस मनाउने भएको छ । फोनिजले २३ औं स्थापना दिवस सँगसँगै पहिलो पटक आफ्नै कार्यालयको शुभारम्भ गर्न गइरहेको अध्यक्ष रमेश रानामगरले जानकारी दिए ।
उनका अनुसार सो कार्यालय भरतपुर ११ भोजाडस्थित नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले आफ्नै भवनमा उपलब्ध गराएको हो । नेफिनले फोनिजलाई उक्त कार्यालयको लागि कोठा निःशुल्क उपलब्ध गरिदिएको उनले बताए ।
उक्त कार्यालय इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको फोनिज चितवनका उपाध्यक्ष तुलमान गुरुङले जानकारी दिए । उपाध्यक्ष गुरुङले आज (शुक्रबार) बिहान १० बजेबाट सुरु गरिने उक्त कार्यक्रम सबै फोनिजकर्मीलाई उपस्थित हुन आग्रह समेत गरेका छन् ।
उनले स्थापना दिवसकै अवसरमा दुई जना फोनिजकर्मीहरुलाई सम्मान गरिने बताए । फोनिजका निवर्तमान र विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा लागेका एक जना गरी दुई जनालाई सम्मान गरिने उनले भने । पछिल्लो समय मिडिया क्षेत्रमा फोनिजको गतिविधि चलायमान भएको आकलन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22