चितवन / चितवनमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
चितवनमा सबैभन्दा धेरै भरतपुरमा संक्रमित भेटिएका छन् । भरतपुरमा ४ महिला र ३ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये केही क्वारेन्टिनका हुन् भने केही पुरानो मेडिकल कलेजमा उपचाररत बिरामी हुन् । उनीहरु १५ देखि ४१ वर्ष उमेर समूहका छन् ।
यस्तै क्वारेन्टिनमा रहेका पूर्वीचितवन राप्ती नगरपालिका–२ र ९ का २ जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्की संक्रमित महिला ८६ वर्षकी हुन् ।
भरतपुर–१० स्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा–९ का ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा आइतबार राति कुल ५६८ नमुना परीक्षण गरिएको थियो ।
आज १० जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ ।
चितवनमा थप ११, कुल संक्रमित २०९ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













