२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माधव नेपालको दाबी : समानुपातिकमा २० लाख मत ल्याउने

प्रकाशित मिति : २०७९ भाद्र १८ गते
File Photo

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने दाबी गरेका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अधयक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने । नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ ।
उनले आफ्नो पार्टीको अहिलेको स्थान सुरक्षित गर्न लाग्नुपर्नेमा कार्यकर्तालाई आग्रह गरे । ‘सबै आ–आफ्नो ठाउँबाट लाग्नुहोस्, अहिले हाम्रो पार्टी चौथो स्थानमा छ । आगामी निर्वाचनबाट पनि त्यो सिट कायम राख्नुपर्नेछ,’ नेपालले भने । नेपालले चुनावी गठबन्धन बाहेक तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने अहिले कुनै सम्भावना नरहेको बताए । तर, छलफल र बहस भने भइरहेको उनको भनाइ छ ।
माओवादीसँग चुनाव अगाडि नै एकता हुने भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । उनले कुनै पार्टीमा गएर आफ्नो विलिन नहुने बरु कुनै पार्टी आफ्नो पार्टीसँग आएर विलिन हुने दाबी पनि गरे । ‘हाम्रो पार्टी बिलिन हुने होइन, हाम्रो पार्टीमा अरु आए विलिन हुन्छन्, तर, हामीले नयाँ पार्टी बनाउने छलफल गरेका हौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72