चितवन / भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले पन्ध्रौ वार्षिक साधारण सभा बुधबार दियालो फुड ल्याण्डमा सम्पन्न गरेको हो ।
राष्ट्रिय सहकारी विकास बोर्ड, काठमाडौंका सहअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मित्रराज दवाडीले दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै सहअध्यक्ष दवाडीले संस्था सुशासनको कागजमा मात्र सिमित भएको बताए । साधारण सदस्यलाई सहकारीको शिक्षा दिन संस्था पछाडि परेको उनको भनाइ थियो ।
यस्तै सहकारीका सदस्यहरुले संस्थाको हरेक गतिविधि बारे जानकारी नलिएको उनको बुझाई थियो । चितवनका अधिकांश सहकारीका सदस्यहरु संस्थाको साधारणसभामा समेत नबोल्ने उनले बताए ।
उनले सहकारीका सदस्यको काम, कर्तव्य र अधिकार भनेकै साधारणसभामा देखाउनु पर्ने जिकिर गरे । साधारण सदस्यलाई संस्थाबारे बोल्ने अधिकार सोही समय भएकाले सबैले साधारण सभामा सक्रिय सहभागिता देखाउन उनले आग्रह समेत गरे ।

कार्यक्रममा नेफ्स्कुन काठमाडौंका सदस्य विद्या कोइराला, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका तेजेन्द्रबहादुर खड्का, भरतपुर महानगरपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष परशुराम पौेडेल, संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरे, पूर्वअध्यक्ष पुरुषोत्तम गौतमलगायतले मन्तव्य दिएका थिए ।
संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष जयराम पाण्डेले सार्वजनिक गरेका थिए । कार्यक्रममा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो प्रमुख अतिथि लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्मा सम्पन्न भएको थियो भने संचालन सचिव मुकुन्दप्रसाद गौतमले गरेका थिए ।
संस्थामा अठार सय बढी सदस्य रहेको व्यवस्थापक विकास पौडेलले जानकारी दिए । व्यवस्थापक पौडेलका अनुसार सिद्धि विनायक साकोस २०६५ सालमा स्थापना भएको हो ।
- ADVERTISEMENT -

















































