चितवन / मंसिर ४ गते हुने संघिय र प्रादेशीक निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना गरिएको छ । औद्योगिक व्यवसाय बिकास प्रतिष्ठानको कार्यालय रहेको भरतपुर महानगरपालिका वडा नम्बर १० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायधिश रितेन्द्र थापालाई जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवन क्षेत्र नम्बर २ समेत हेर्ने छ ।
यस्तै क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको रुपमा रेशममणी सिग्देल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको रुपमा हरिसिंह धामी लाई जिम्मेवारी दिईएको छ । ती दुई क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय खैरहनी र रामपुरमा यही असोज २० गते स्थापना गरिदैं छ । मुख्य निर्वाचन अधिकृत थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले कार्यालयको उद्घाटन गर्नुभएको हो । सो अबसरमा उहाँले कार्यालय स्थापना भए संगै मंसिर ४ गते हुने निर्वाचनको कामको प्रारम्भ भएको बताउनुभयो ।
यही असोज २३ गते हुने उम्मेदवार मनोनयका लागि आबश्यक पर्ने निर्वाचन सामाग्री तयारी लगाएतका काम अघि वढाईने बताउनुभयो । कार्यालयले यहि असोज २१ गते सर्बदलिय र जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बोलाउने उहाँले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको लागि उहाँले अनुरोध समेत गर्नुभयो । सो अबसरमा प्रहरी उपरिक्षक नवराज अधिकारी, शशस्त्र प्रहरीबलका प्रहरी उपरिक्षक मनोज थापा, निर्वाचन कार्यालय प्रमुख भिमशेन कार्की लगाएतको उपस्थिति रहेको थियो ।
जिल्ला निर्बाचन कार्यालय चितवनका प्रमुख कार्कीले जिल्लामा हाल ४ लाख ८ हजार ३४२ जना मतदाता रहेको जानकारी दिनुभयो । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८४५ जना, क्षेत्र नम्बर २ मा १ लाख २४ हजार २१४ जना र क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २८३ जना मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा १६२ मतदान स्थल र ४६० मतदान केन्द्र रहेका छन् ।
- ADVERTISEMENT -

चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22











