२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नौ सांसद पदका लागि चितवनमा १२२ को उम्मेदवारी

प्रकाशित मिति : २०७९ आश्विन २४ गते
File photo.

चितवन / मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चितवन जिल्लामा १२२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका ३ संघीय निर्वाचन क्षेत्र र ६ प्रदेश क्षेत्रका लागि १२२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश सभा निर्वाचनका लागि प्रदेश १ (क)मा ११ जना र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठवन्धनका तर्फबाट योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेकपा एमालेका तर्फबाट पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेलले योजना आयोगबाट राजिनामा दिएर उम्मेदवारी दर्ता गराएको हो भने पाण्डेले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएको हो । पाण्डे आमाको किरियामा रहेका कारण उनका निजी सचिब सञ्जीप पाण्डेले उम्मेदवारी दर्ता गराएको हो ।
यस्तै राप्रपाबाट मधुप कुमार भट्टराईले उम्मेदवारी दर्ता गराएको हो । यस्तै प्रदेश सभाका लागि क्षेत्र नम्बर १ (क)मा ११ जनाले उम्मेदवारी दर्ता गराएको छ ।
सत्ता गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति किरण ओली, नेकपा एमालेका तर्फबाट जगन्नाथ थपलिया र राप्रपाका तर्फबाट रामहरि कंडेलले उम्मेदवारी दर्ता गराएको छ । १ (ख)मा १२ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्बाचन अधिकृत नविनराज रुवालीले जानकारी दिए ।
उनका अनुसार प्रदेश क्षेत्र नम्बर १ (ख)मा सत्ता गठवन्धनका तर्फबाट नेकपा समाजबादीका नेता तथा बागमती प्रदेशका मन्त्री कृष्णप्रसाद शर्मा खनाल, नेकपा एमालेका तर्फबाट नेकपा एमाले चितवनका सचिब प्रकाश खनाल, राप्रपाका क्षेत्रीय अध्यक्ष बलराम खनालले उम्मेदवारी दिएका छन् ।
यस्तै चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु मध्ये सत्ता गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, नेकपा एमालेका कृष्णभक्त पोख्रेल, राप्रपाका तर्फबाट रविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै राष्ट्रिय स्वातन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चितवन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । क्षेत्र नम्बर २ (क)मा सत्ता गठवन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता एबं बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल, नेकपा एमालेका तर्फबाट कृष्णप्रसाद सिलवाल, राप्रपाका रुक्माङ्गत पोख्रेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस प्रदेश सभा क्षेत्रमा ८ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै २ (ख) मा १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।
सत्ता गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता उत्तम जोशी, नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञावाली, राप्रपाका जगदीश्वर अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको कार्यालयले जनाएको छ । चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि २१ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठवन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारी, नेकपा एमालेका राम प्रसाद न्यौपाने र राप्रपाका केन्द्रीय उपाध्यक्ष बिक्रम पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो । यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क)मा सत्ता गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता एबं कृषि तथा वन विज्ञान विश्व विद्यालयका संस्थापक रजिष्टार प्रा. डा. सुर्यकान्त घिमिरे, नेकपा एमालेका तर्फबाट कृष्ण प्रसाद भूर्तेल र राप्रपाका गिरबहादुर तामाङले उम्मेदवारी दर्ता गराएको सहायक निर्बाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।
यस प्रदेशमा ८ जनाले उम्मेदवारी दर्ता गराएको छ । यस्तै प्रदेश सभा क्षेत्र नम्बर ३(ख)मा सत्ता गठवन्धनका तर्फबाट माओवादी केन्द्रका ठाकुर ढकाल, नेकपा एमालेकी नेतृ सरस्वती बिष्ट र राप्रपाकी सह–महामन्त्री रिना गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा ९ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जनाएको छ ।
जिल्लामा हाल ४ लाख ८ हजार ३४२ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८४५ जना, क्षेत्र नम्बर २ मा १ लाख २४ हजार २१४ जना र क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २८३ जना मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय चितवनले जनाएको छ । जिल्लामा १६२ मतदान स्थल र ४६० मतदान केन्द्र रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34