२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

कालिका एफएमको २० वर्ष पूरा, वार्षिकोत्सवको आज समापन गरिदैँ

प्रकाशित मिति : २०७९ आश्विन २६ गते

चितवन / कालिका एफएम २१ वर्षमा प्रवेश गरेको छ । २०५९ असोज २६ गते स्थापना भएको कालिका एफएमले सफलतापूर्वक २० वर्ष पार गरेको छ । पूर्वमन्त्री, कालिका ग्रुपका अध्यक्ष एवम् कालिका एफएमका प्रवन्ध निर्देशक विक्रम पाण्डेले सम्पूर्ण श्रोता, विज्ञापनदाता, शुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । कालिका सदैव नागरिककै पक्षमा गुञ्जिरहने बताउँदै उहाँले नागरिकप्रतिको जवाफदेही र जिम्मेवारीबोधको धर्म र कर्मबाट कहिल्यै विचलित नहुने बताउनुभयो । कालिका एफएमप्रतिको विश्वसनीयतालाई अझ प्रगाढ र दरिलो बनाउँदै लैजाने उहाँको भनाई छ । कालिका एफएमसँगै २०६४ देखि प्रशारणमा रहेको सांगीतिक रेडियो कालिका ९१ मेगाहर्ज १६ वर्ष, २०७० देखि प्रशारणमा रहेको कालिका एचडी टेलिभिजन १० वर्षमा प्रवेश गरेको छ । श्रोता, दर्शकले निरन्तर गरेको माया र विश्वसलाई कायम राख्दै परिस्कृत गर्दै कालिका अगाडी बढिरहने बताउनुभयो ।
सर्भेक्षणहरुले मध्यनेपालकै सर्वोत्कृष्ट, नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ १ लाख बढी श्रोताले सुन्ने रेडियोका रुपमा कालिका एफएमलाई देखाएका छन् । कालिका एफएम विदेशमा रहेका नेपालीले अत्याधिक सुन्ने रेडियो समेत हो । नेपाली भाषा, कला, संस्कृति, साहित्यको उत्थानमा सक्रिय कालिकाले कलाकार, गीत संगीतका श्रष्टाहरुलाई समेत प्रोत्साहन र उजागर गर्दै आइरहेको छ । असल सञ्चारमाध्यमको छवि कायमै राख्ने पूर्वमन्त्री पाण्डेको भनाई छ । यसैबीच, गौरवमय २० औँ वार्षिकोत्सवका अवसरमा आयोजित महिनाव्यापी कार्यक्रमहरुको आज (बुधबार) समापन गरिदैछ । विहान ११ बजे कालिका एफएम परिसरमा वृहत सांगीतिक एवम् वार्षिकोत्सव समापन समारोह हुदैछ । भुवन प्यासी, सरिता गुरुङ श्रेष्ठ, जीवि सुनार, सुनिता सुनार, गणेश चेपाङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने एफएमका निर्देशक दिपक पौडेलले बताउनुभयो । समापन समारोहमा असोज १० देखि २२ गतेसम्म सञ्चालन भएको दशै बहार, कालिकाको उपहार कार्यक्रमका विजेताहरुलाई समेत पुरस्कृत गरिदैछ । यस्तै अन्तरकर्मचारी डण्डीवियो प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51