चितवन / राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले मंसिर ४ पछि गरिबको झुपडीबाट परिवर्तन सुरू हुने बताएका छन् । चुनावी घरदैलो अभियानका क्रममा भरतपुर–९ शरदपुरस्थिच झेर्नी मगर समूहले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यसपटकको निर्वाचनपछि विपन्न र गरिब तथा सुकुमबासीको झुपडीबाट विकासको लहर बाहिर आउने बताएका हुन् ।
उनले यसअघिका धेरै निर्वाचनमा धेरै दल र नेताले ठूलाठूला कुरा गरेर काम नगरे पनि अबको निर्वाचनपछि भने आफूले झुपडीबाट विकास र परिवर्तनको बीउ रोप्ने बताए । ‘विकास र परिवर्तन भन्ने कुरा अभाव र संकटपूर्ण स्थानबाट सुरु हुन्छ,’ उनले भने, ‘त्यसैले मंसिर ४ पछि जहाँ विकासले पाइला टेकेको छैन, त्यहीँबाट विकासको सुरुवात हुन्छ भने जहाँ सुकुमबासी छन्, जो झुपडीमा बसिरहनुभएको छ, त्यहीँबाट परिवर्तनको सुरुवात हुनेछ ।’
विपन्नलाई माथि नउठाएसम्म दलहरुले तिनैमाथि राजनीति गरिरहने हुँदा त्यसको अन्त्यको लागि पनि सुकुमबासी समस्या समाधान गर्ने योजना लिएर यसपटकको निर्वाचनमा होमिएको उनले बताए । यसअघिका कुनै पनि दल र उम्मेदवारले आफूले बोलेका कुरा पूरा गरिदिएको भए गएको पाँच वर्षमा नेपाल स्वर्ग बनिसक्ने समेत उनको भनाइ थियो ।
एकै दिन ५० जना युवा राप्रपामा प्रवेश
मंसिर ४ नजिकिँदै गर्दा चितवनमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ । यही क्रममा आइतबार भरतपुरका ५० जना युवा एकसाथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
राप्रपाको पछिल्लो समय देखिएको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको अमृत बराई मगरले जानकारी दिए । भरतपुर–९ स्थित झेर्नी मगर समूहसँगको चुनावी भेटघाट कार्यक्रममा राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेमार्फत उनीहरु राप्रपामा प्रवेश गरेका हुन् ।
उक्त कार्यक्रममार्फत केही दलका कार्यकर्ता तथा केही स्वतन्त्र व्यक्तिहरु पार्टीमा भित्रिएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले बताए । एकै दिन ५० जना युवाले पार्टीमा आवद्धता लिएपछि त्यसबाट राप्रपालाई प्रत्यक्ष फाइदा पुगेको उनले भने ।
पार्टीप्रतिको आकर्षण बढ्दै गएको देख्दा भोलिका दिनमा राप्रपा पनि मुख्य पार्टी बन्ने दौडमा छ भन्ने बुझाएको उनको भनाइ छ। यसपटकको निर्वाचनमा राप्रपाबाट प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नं.३ बाट विक्रम पाण्डे उम्मेदवार हुनुहुन्छ भने प्रदेश सभाको (१) मा राप्रपाका बागमती प्रद्येश उपाध्यक्ष ज्ञानुजंग लामा र (२) मा पार्टीकै केन्द्रीय सह–महामन्त्री रीना गुरुङ उम्मेदवारको रुपमा चुनावी घरदैलोमा हुनुहुन्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

झुपडीबाट परिवर्तन सुरु हुन्छ : पूर्व मन्त्री पाण्डे

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -















