–बबिलाल तामाङ
चितवन । चितवनलगायत देशैभर छिटफुट बाहेक आगामी ५ वर्षको लागि शान्त र भयरहित वातावरणमा निर्वाचन सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको लागि भएको निर्वाचन आज आइतबार सकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने घण्टीको चुनाव चिन्ह लिएर उमेदवारी दिएको चितवनको क्षेत्र नं २ को निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न भएको छ । देश तथा विदेशमा समेत चासोको रुपमा हेरिएको चितवनमा जिल्ला प्रशासन कार्यालय चितवनद्वारा सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो ।
उक्त क्षेत्र नं २ मा वाम गठबन्धनबाट रुख चुनाव चिन्हमा उमेश श्रेष्ठ, एमालेबाट सूर्य चुनाव चिन्हमा कृष्णभक्त पोखरेलको उमेदवारी रहेको छ । विशेषगरी क्षेत्र नं २ मा कसले बाजी मार्ला भन्ने विषयमा चितवन लगायत देश तथा विदेशमा समेत चर्चा चुलिएको आकलन गरिएको छ ।

- ADVERTISEMENT -


















































