२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘थोरै समयमा जनताको धेरै माया पाएँ’ – स्वतन्त्र उमेदवार तामाङ

प्रकाशित मिति : २०७९ मंसिर ११ गते

हेटौंडा / मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा स्वतन्त्र उम्मेदवारी दिएका आइतराम तामाङले जनताको माया धेरै पाएको बताएका छन् । तामाङले थोरै समयमा जनताको धेरै माया पाएको जिकिर गरेका हुन् । ५४६ मत पाएका उनले जनताले धेरै माया गरेको प्रतिक्रिया दिएका हुन् ।
निर्वाचनमा विजयी हुन नसकेपनि जनतासँग भेटघाट गर्ने, उनीहरुको गुनासो सुन्ने, गाउँगाउँमा पुगेर त्यहाँको समस्या पहिचान गर्ने अवसर पाएको र गाउँघरमा पुग्दा जनताको अपार माया पाएको तामाङ बताउँछन् । पुराना राजनीतिक दलहरुले जनताप्रति इमान्दारिता प्रस्तुत गर्न नसक्दा जनता निराश भइसकेको बताउँदै जनताले विस्तारै परिवर्तन चाहेको बताए ।
वर्षौदेखि राजनिति गरेर बसेकाहरुको तुलनामा छोटो अवधिमा यतिधेरै जनताको माया पाएको भन्दै उनले आगामी दिनमा जनतासंगै रहेर जनताको सुखदुखमा सहभागी हुँदै अगाडि बढ्ने बताए ।
रोजगारीको शिलसिलामा युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भइरहेको बताउँदै उनले नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ कि भन्ने उद्देश्यले आफु राजनीतिमा आएको बताए ।
राजनीतिलाई सफा बनाउन आफु विदेशमा राम्रो व्यवसाय हुँदाहुँदै पनि नेपाल आएको उनले बताए ।
‘जनतासँग घुलमिल हुन पाइसकेको थिइन् । तरपनि जनताले आफुलाई विश्वास गरेर मतदान गर्नुभयो ।’ उनले भने, ‘अब जनतासँगै हुन्छु, उहाँहरुको सुखदुखमा संगै हुन्छु ।’ उनले सो क्षेत्रमा निर्वाचित राप्रपाका दिपकबहादुर सिंहलाई जनताको हित हुनेगरी काम गर्न शुभकामनासमेत दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72