२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको समानुपातिकमा पहिलो बने राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित मिति : २०७९ मंसिर ११ गते

चितवन / प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चितवनका तीन प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय हात पा¥यो । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षमा साना दलसँग निरिह देखिएका ठूला दल समानुपातिकतर्फ पनि कमजोर देखिएका छन् । जिल्लामा समानुपातिक मत सबैभन्दा धेरै स्वतन्त्र पार्टीले पाएको छ ।
एमाले दोस्रो स्थानमा छ भने कांग्रेस तेस्रो स्थानमा रहेको छ । जिल्लामा कुल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले ९ प्रतिशत र एकीकृत समाजवादीले २ प्रतिशत मत पाएका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा नेकपा एमालेले ५५ हजार ३१२, नेपाली कांग्रेसले ३९ हजार १३०, माओवादी केन्द्रले २९ हजपार ४६१, राप्रपाले २५ हजार ५५ र नेकपा एकीकृत समाजवादीले ४ हजार ९०६ मत प्राप्त गरेका छन् ।
क्षेत्रगत रुपमा हेर्दा चितवन १ मा ९५ हजार ३९९ मत गणना हुँदा स्वतन्त्र पार्टीले ३४ हजार ६९१ मत प्राप्त गरेको छ । नेकपा एमालेले २४ हजार छ, नेपाली कांग्रेसले १६ हजार ६९५, नेकपा माओवादी केन्द्रले ४ हजार ९६५, राप्रपाले ५ हजार ८२ र नेकपा एकीकृत समाजवादीले ३ हजार ५१८ मत प्राप्त गरेका छन् ।
चितवन २ मा ८२ हजार ९३४ मत गणना हुँदा स्वतन्त्र पार्टीले ३५ हजार ९४५ मत प्राप्त गरेको छ । नेकपा एमालेले १६ हजार ७८४, नेपाली कांग्रेसले ११ हजार ९१४, नेकपा माओवादी केन्द्रले ८ हजार ४०७, राप्रपाले ३ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत प्राप्त गरेका छन् । चितवन ३ मा ९४ हजार २८० मत गणना हुँदा स्वतन्त्र पार्टीले २८ हजार ४०१ मत प्राप्त गरेको छ। राप्रपाले १६ हजार ७५५, नेकपा एमालेले १४ हजार ५२२, नेपाली कांग्रेसले १० हजार ५२१, नेकपा माओवादी केन्द्रले १६ हजार ८९ र एकीकृत समाजवादीले १ हजार ८५ मत पाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34