काठमाडौं / प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति जुटेको हो ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश एकबाहेक छ वटा प्रदेशको सरकार गठनको बिषयमा सहमति बनेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए ।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएको छ । नेता दाहालका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ । उनले कर्णालीमा माओवादी केन्द्रले पाँचै वर्ष सरकार चलाउने सहमति भएको बताए । बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाहालले जानकारी दिए ।
सहमति अनुसार मधेश प्रदेशमा पहिलो कार्यकालमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्नेछ । बागमतीमा पहिलो कार्यकाल माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले सरकारको आलोपालो नेतृत्व गर्नेछन् ।
त्यसैगरी प्रदेश सभाको सभामुख र उपसभामुखको चयनबारे पनि सत्ता साझेदार दलबीच सहमति भएको छ । एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रको सभामुख र माओवादी केन्द्रको मुख्यमन्त्री भएको प्रदेशमा एमालेका तर्फबाट सभामुख हुनेछ । तर बागमती प्रदेशको सभामुख पद चाहिँ राप्रपालाई दिने निर्णय भएको नेता दाहालले जानकारी दिए ।
प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने दाहालले बताए । त्यसैगरी मधेश प्रदेश र कर्णाली प्रदेशको प्रदेश सभामा सभामुखमा एमालेका तर्फबाट नियुक्त हुने उनले भने ।
प्रदेश १ र गण्डकी प्रदेशको उपसभामुख एमाले, बागमती र कर्णाली प्रदेश उपसभामुख माओवादी केन्द्र, लुम्बिनी प्रदेशमा राप्रपा र मधेशमा जनमत पार्टीका तर्फबाट उपसभामुख चयन गर्ने सहमति भएको उनले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रदेश सरकारमा सत्ता साझेदार दलको सहमति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













