२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फेसबुकमा विज्ञापन गरेर १८ लाख ठगी

प्रकाशित मिति : २०७९ पुष २७ गते

काठमाडौं / सामाजिक सञ्जाल फेसबुकमा ‘विदेशमा राम्रो रोजगारको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–३ घर भएर काठमाडौंको नागार्जुन बस्ने मनम घर्ति रहेका छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरीका अनुसार, २३ वर्षीय घर्तिले सुरज थापा नामबाट फेसबुकमा विज्ञापन गरेर पीडितहरूलाई सम्पर्कमा ल्याउँथे । विज्ञापनमा भनिएको हुन्थ्यो–‘फ्रान्स र स्विजरल्याण्डमा रोजगारमा जान चाहनेले ह्वाट्स एपमा सम्पर्क गर्नुहोला ।’
विदेशी नम्बरको ह्वाट्स एपमा सम्पर्क गरेपछि आरोपीले पीडितहरूलाई आफ्नै खातामा पैसा जम्मा गर्न लगाउँथे । पैसा जम्मा गरेपछि सक्कल नागरिकता र पासपोर्ट मागेर पीडितकै नामको सिमकार्ड निकालेर अनलाइन बैंकिङ मार्फत ‘ओटिपी’ कोड लिएर पैसा चोर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
मनम र अर्का एक जना मिलेर १८ लाख ठगेको थाहा भएको छ । ठगेको रकम दुबईमा बस्ने शेर बहादुर चौधरीलाई पठाउने गरेको मनमले प्रहरीलाई बयान दिएका छन् । आरोपीहरू विरुद्ध ४ जनाले जाहेरी दिएका छन् । मनमको डेराबाट प्रहरीले १७ वटा नागरिकतासमेत बरामद गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34