२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

छेच्यु गुम्बामा २८५९ सोनाम ल्होछारको तयारी तिब्र

प्रकाशित मिति : २०७९ माघ ३ गते

–बबिलाल तामाङ
चितवन । भरतपुरका तामाङ समुदायले सोनाम ल्होछार मनाउने भएको छ । कोभिड १९ का कारण दुई वर्षसम्म रोकिएको सोनाम ल्होछार यसपटक भरतपुरका तामाङ समुदायले भव्यसँग मनाउने तयारी गरिरहेको छ ।
भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष पासाङ तामाङले २८५९ सोनाम ल्होछारका लागि तयारी तिब्र पारिएको जानकारी दिए । भरतपुर ११ भोजाडको छेच्यु थर्पलिङ गुम्बामा यही माघ ८ गते सोनाम ल्होछार तथा विविध साँस्कृतिक कार्यक्रमकासाथ मनाउने तयारीका लागि सोमबार बसेको बैठकबाट निर्णय गरिएको अध्यक्ष तामाङले बताए ।
भरतपुर नगर तामाङ समाज आयोजक र दुध पोखरी बौद्ध तामाङ समाज सहआयोजक रहेको तामाङ समुदायको ठूलो चाडपर्वको रुपमा मनाइने सोनाम ल्होछारका लागि राष्ट्रिय कलाकार र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताइएको छ । साँस्कृतिक कार्यक्रमका लागि तामाङ सेलो गायक जेवी जिम्बा, लोकगायक राज लामा, आधुनिक गायक शिवम लामा र स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष तामाङको भनाइ छ ।
यस वर्ष बाघ वर्गलाई विदाई गर्दै विरालो वर्गको स्वागत गरिने दुध पोखरी बौद्ध समाजका सचिव गोपीराज तामाङले बताए । ल्होछारको अघिल्लो दिन गुम्बामा पूजापाठ, सरसफाइ, दिप प्रज्वलन कार्यक्रम रहने उनले भने ।
कार्यक्रमका लागि ५३ जनाको मूल समारोह समिति गठन गरिएको उनले बताए । यस्तैगरी विभिन्न उपसमितिहरु अर्थ संकलन, गुम्बा सजावट तथा पूजाआजा, प्रचारप्रसार समिति, स्वयम्सेवक, पार्किङ व्यवस्थापन, सचिवालयलगायत रहने छन् ।
समाजले उक्त ल्होछारका दिन तामाङ समुदाय लगायत सबैलाई कार्यक्रममा उपस्थितिको आग्रह समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34