चितवन / नारायणी नदी किनारस्थित चितवन महोत्सव स्थलमा गाडिएको प्लाष्टिक र मलमुत्रजन्य फोहोर तुरुन्त निकाल्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । साथै अर्काे आदेश नभएसम्म नदी किनारमा फोहोर नफाल्न अदालतले आदेश दिएको छ । १४औँ संस्करणको चितवन महोत्सव सकिएकै दिन बुधबार साँझ सर्वाेच्चका लिखित आदेश सार्वजनिक भएको हो ।
सर्वाेच्च्का न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयविरूद्ध अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नभएसम्म नारायणी नदीमा कुनै प्रकारको ढल मिसाउने कार्य नगर्न, डम्पिङ साइटमा बिसर्जन गर्ने फोहोर मैला नदी किनारमा बिसर्जन नगर्न, गर्न नदिन र उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सव गर्न नारायणी नदीको किनारमा गाडेको फोहोर अबिलम्ब निकाल्न लगाई नदी प्रदूषित हुने अन्य कुनै कार्य हुन नदिन अन्तरिम आदेश जारी गरेको हो ।
महोत्सव गर्न नदी किनारको खाल्डाहरूमा फोहोरले पुरेपछि बेटर चितवन, वे ग्रुप, हाम्रो दृष्टी राम्रो दृष्टी, नेपाल डेभलपमेन्ट सोसाइटी लगायत चितवनका विभिन्न संस्थाहरूले उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाविरूद्ध अन्दोलन गर्दै ‘सेभ नारायणी’ अभियान सञ्चालन गरेका थिए ।
स्थानीयको माग सुनुवाई नभएपछि अधिवक्ता सञ्जय अधिकारीले नदी प्रदूषित भई वातावरण तथा जलचर प्राणीहरूमा नकरात्मक असर परेको र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको संविधानप्रदत्त मौलिक हकमा आघात पुगेको भन्दै उक्त कार्य नगर्न अन्तरिम आदेश र परमादेशको मागदाबी गर्दै गत पुस १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
अदालतले निवेदकको मागबमोजिमको आदेश जारी गर्नु नपर्ने आधार कारण भए सो खुलाई बाटाको म्यादबाहेक १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश जारी गरेको छ ।
‘नेपालको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको पवित्र नारायणी नदी किनारमा महोत्सवका लागि पूर्वाधार तयार गर्न वा अन्य जुनसकै प्रयोजनका लागि फोहोर थुपार्न वा फोहोर थुपारी पुर्ने लगायतका कार्य गर्दा फोहोरबाट निस्कने हानिकारक रसायनयुक्त विषालु पदार्थले भूमिगत एवम् सतहको जलश्रोत प्रदूषित हुन गई त्यसबाट मानिस एवम् अन्य जीवजन्तुको जीवनमा गम्भीर संकट उत्पन्न हुनका साथै त्यस क्षेत्रको समग्र धार्मिक, सामाजिक तथा वातावरणीय स्थितिमा नकरात्मक असर पर्न जाने देखियो,’ आदेशमा भनिएको छ ।
नारायणी नदीमा फोहोर फाल्ने र चितवन महोत्सव स्थलमा फोहोरले पुर्ने कार्यविरूद्ध अभियानको नेतृत्व गरेका अभियान्ता सागर कार्कीले सम्बन्धित निकायले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने विश्वास व्यक्त गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नदी किनारमा गाडेको फोहोर निकाल्न सर्वाेच्चको आदेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












