२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

भरतपुरका तामाङ समुदाय माघ ८ गते ल्होछार मनाउँदै [with video]

प्रकाशित मिति : २०७९ माघ ५ गते

भरतपुर । चितवनका तामाङ समुदाय ल्होछार पर्व मनाउने तयारीमा जुटेका छन् । २८५९औँ सोनाम ल्होछार मनाउनका लागि तामाङ जातिसँग सम्बन्धित सबैजसो संघसंस्था तयारीमा लागेका हुन् ।
भरतपुर नगर तामाङ समाजले विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि धुमधामका साथ ल्होछार मनाउने तयारी गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेको छ । अन्य संघसंस्थाले पनि आ–आफ्नो स्थानमा ल्होछार मनाउने तयारी गरिरहेको छ ।
भरतपुर नगर तामाङ समाजले तामाङ जातिसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा ल्होछार मनाउने तयारी गरिरहेको समाजकी अध्यक्ष पासाङ लामा तामाङले जानकारी दिइन् । भरतपुर–११ भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा ल्होछार मनाउने तयारी गरेको हो। माघ ८ गते परेको ल्होछारका लागि दूध पोखरी बौद्ध तामाङ समाज, पाख्रिन तामाङ समाज, जिम्बा तामाङ समाज, योञ्जन तामाङ समाज, गोले तामाङ समाज, दोङ तमाङ समाज, ल–लुङ्वा तामाङ समाजलगायतका गुठीहरूले सह–आयोजकको भूमिका निर्वाह गर्दैछन् ।
माघ ८ गते दिनभर हुने कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूमार्फत सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष तामाङले बताइन् । सांगीतिक प्रस्तुतिका लागि सेलो गायक जेवी जिम्बा, प्रितम गोले, लोक तथा दोहोरी गायक राज लामालगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् ।
भरतपुर–११, लामाटोलमा रहेको विश्व पञ्चशील शान्ति बुद्ध गुम्बाले पनि सोही दिन वृहत् सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउने तयारी गरिरहेको गुम्बाकी अध्यक्ष शिवकुमारी लामाले जानकारी दिइन् । उनका अनुसार गुम्बा परिसरमै हुने कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरू प्रतिक मोक्तान, हावा लामा, सीया तामाङ, सोयल लामा, दीपेश वस्ती, एकेए खत्रीलगायतले दिनभर सांगीतिक प्रस्तुति दिनेछन् ।
स्थानीय क्लब युनिक युथ क्लब र लोज्याङ गुठी सह–आयोजकको रूपमा कार्यक्रममा सहभागी हुने उनले बताइन्। यसबाहेक पनि तामाङ जातिको बसोबास रहेका टोल तथा गुम्बाहरूमा बाघ वर्ग (ता ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (ह्यीइ ल्हो)लाई स्वागत गरेर ल्होछार मनाउने कार्यक्रम छ । चन्द्र पात्रोअनुसार तामाङ समुदायले यसपटक २८५९औँ ल्होछार पर्व मनाउन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51