तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार विविध सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । बौद्ध धर्मावलम्बीहरुले यस पर्वलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन ल्होछार मनाइने गरिन्छ । ‘ल्होछार’ दुई शब्द मिलेर बनेको हुन्छ । ‘ल्हो’को अर्थ वर्ष वा साल र ‘छार’को अर्थ नयाँ भन्ने बुझिन्छ । त्यसैले ‘ल्होछार’को अर्थ नयाँ वर्ष भन्ने बुझिन्छ । यसवर्ष तामाङ समुदायले २८५९औँ सोनाम ल्होसार मनाएका छन् । विशेषगरी तामाङ समुदायले कुलपूजा र प्रकृतिको पूजा गरी आफ्ना छोरीचेलीलाई घरमा बोलाएर टीका लगाइदिने गर्दछन् । तामाङ समुदायको विशेष सांस्कृतिक पर्व भएका कारण नेपाल सरकारले विसं २०६४ सालदेखि सार्वजनिक बिदासमेत दिँदै आएको छ । यस विशेष पर्वमा राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदामा रहेका व्यक्तिहरुले शुभकामना सन्देश दिने गरेका छन् ।
ल्होछार पर्वमा ल्हो अर्थात वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षको नाम विभिन्न जनावर र पशुपक्षीका नामबाट राखिएको पाइन्छ । मुसा, गाई, बाघ, बिरालो, गरूड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बँदेल गरी बाह्र वर्गलाई बाह्र राशीका रुपमा पनि लिने गरिएको छ । यसरी हेर्दा बाघ वर्गलाई बिदाइ गरी विरालो वर्गको स्वागत गर्दै सोनाम ल्होसार मनाइने गरिन्छ । वर्ष २०२३ चाहिँ विरालोको वर्ष हो । ल्होसार अर्थात लोसार तीन जातिले मनाउने गरिएको पाइन्छ । गुरूङ जातिले मनाउने ल्होसारलाई तमु ल्होसार भनिन्छ भने तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार र शेर्पा र भोटे जातिले मनाउने ल्होसारलाई ग्लाल्पो ल्होसार भनिन्छ । सुनिदा ल्होसार एउटैजस्तो लागे पनि यसलाई मनाउने रीति र तरिका भिन्नाभिन्दै हुन्छन् । सोनाम ल्होछारमा घरबस्तीहरु सफासुग्घर पारी बुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर बुद्धको पूजाअर्चना गर्ने गरिन्छ । कतिपय स्थानमा जातअनुसारका गाउँका लामा र मुखियाको उपस्थितिमा एकैठाउँमा भेला भई डम्फुको तालमा ‘तामाङ सेलो’ नाचगान गरी रमाइलो गरिन्छ ।
सोनाम ल्होछार नेपालमा मात्रै सीमित छैन । तामाङ समुदाय पुगेका विश्वका हरेक देशमा यो पर्व उत्तिकै हर्षोल्लासका साथ मनाइने गरिएको छ । विशेषगरी नेपाल, भारत, थाइल्याण्ड, भुटान, लाओस, म्यान्मार, जापान, मलेसिया, सिङ्गापुर, मङ्गोलियालगायतका देशमा पनि यो पर्व मनाइने गरिन्छ । युरोप र अमेरिकी मुलुकहरुमा पनि ल्होसार पर्वमा विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गरी यो पर्व मनाइने गरिन्छ । तामाङ समुदायका सबै जना एकै ठाउँमा भेला भएर चाडपर्व मनाउने गर्दछन् । यो समुदायले मिलनसार प्रवृत्तिको संस्कार र सन्देश दिँदै बौद्धविहार र गुम्बाहरुमा तामाङ खाना, भेषभूषा, कला र संस्कृतिको प्रस्तुति गर्ने गरिन्छ । तामाङ समुदायले आफ्नै मौलिक ‘चन्द्र पात्रो’को प्रयोग गर्ने गर्दछन् । बौद्धमार्गी तामाङ समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा लास्सो फ्याफुल्ला !
- ADVERTISEMENT -

सोनाम ल्होछारको शुभकामना !

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













