२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा फागुनको दोस्रो साता दुर्गा प्रसाईको सम्बोधन

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते

चितवन / देशव्यापी रुपमा अभियानकै रुपमा थालिएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान’ कार्यक्रम चितवनमा पनि हुने भएको छ । यही फागुन १३ गते शनिवार चितवनमा हुने उक्त कार्यक्रमको लागि बुधबार पत्रकार सम्मेलन मार्फत अभियान चितवनका संयोजक पदम पाण्डेले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख वक्ताको रुपमा दुर्गा प्रसाई आउने संयोजक पदम पाण्डे बताए । प्रसाई प्रमुख अतिथि रहने कार्यक्रममा विभिन्न पार्टीका शिर्ष नेता साथै विभिन्न क्षेत्रका अभियन्ताहरुलाई पनि आमन्त्रण गरिएको उनले भने ।
उनले भने, ‘कार्यक्रममा देशका वित्तीय संस्थाहरुको ज्यादतीका कारण आम नागरिकमा बढ्दै गइरहेको गरीबीले कसरी देशको आर्थिक तथा सामाजिक संरचना नै ध्वस्त बन्दै गइरहेको छ, त्यसको बारेमा प्रमुख अतिथिले अब चाल्नुपर्ने कदम र समाधानबारे प्रष्ट पार्नुहुनेछ ।
’उनले हालको व्यवस्थाका कारण हाम्रो मौलिक धर्म तथा संस्कृति जोगाउन, राष्ट्रवाद संरक्षण गर्न यो अभियान गर्न खोजेको बताए । ‘आज बहुदलीय व्यवस्था हुँदै धर्मनिरपेक्षता, संघीयता स्थापना हुँदासम्म पनि जुन कुराहरु हाम्रा नव नेताहरुबाट दर्शाइएको थियो । सो अनुसार सुधार आउनुको सट्टा झन् झ्न तल खस्किदै गइरहेको छ ।
उनले भने, ‘बेरोजगार, बेथिति, भ्रष्टाचारले देशको अवस्था घाम जस्तै छर्लङ्ग छ ।’ फागुन १ गते मेचीबाट पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा सुरु भएको अभियान भैरहवा, बर्दिया, धनगढी, चितवन हुँदै २० गते काठमाण्डौंमा गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे १२ बजेदेखि चितवनको नारायणी नदिकिनारमा आयोजना हुने कार्यक्रममा सबैलाई उपस्थिति हुन आयोजकले अनुरोध गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72