२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

छुट्टाछुट्टै स्थानमा लागूऔषधहित ७ जना पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १६ गते

काठमाडौं / देशका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेको छ । प्रहरीले कैलाली, सुनसरी र सिराह गरी तीन छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरुलाई प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस्तै, प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट अवैध लागुऔषध ब्राउनसुगर ८ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय विनोद श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश–१–०२–०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी, प्रहरीले सिरहाको मिर्चैया नगरपालिका–६ कटारी चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका–६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका–१० बस्ने २५ वर्षीय ललितकुमार राम र सोही नगरपालिका–३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51