२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपाका रविले राज्य र समाजलाई ढाँटेको एमाले भट्टराईको आरोप

प्रकाशित मिति : २०८० बैशाख ४ गते

चितवन / नेकपा (एमाले) का सचिव योगेश भट्टराईले रवि लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज (आइतबार) भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभ्य समाजमा समाजलाई ढाँट्ने कुरा ठूलो अपराध भएको बताउनु भएको हो ।
भट्टराईले भन्नुभयो “एउटा सभ्य समाजमा मानिसले गल्ती गर्न सक्छ । त्यो गल्तीप्रति माफी पनि हुन्छ । तर सभ्य समाजमा समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो ।”
रविलामिछानेले गल्ती गरेको नभई ढाँटेको बताउँदै उहाँले अगाडि भन्नुभयो “समाज र राज्यलाई ढाँटेको हो । सिंगो मुलुकलाई ढाँटेको हो । संविधान, कानुन यी सबै कुरालाई ढाँट्नु भएको हो । त्यसकारण उहाँले पाँच वर्ष ढाँटेकोप्रतिको प्राश्चित गरेर बस्नुपर्ने हो । फेरी ढाँट्ने कोशिश गर्दै हुनुहुन्छ ।” हामीले कस्तो राजनीतिकर्मी अघि बढाउने हो बहस हुनुपर्ने भन्दै उहाँले थप्नुभयो “म चाहन्छु, चितवन क्षेत्र नं. २ का जनताले पक्कै पनि यो बहस गरेर नयाँ निर्णय गर्नुहुन्छ ।” रवि लामिछानेको केश पहिले नै उठेको भन्दै उहाँले भन्नुभयो “जुन कुरा उहाँले कानुनसम्मत आफूलाई ठिकठाउँमा राख्नुपर्ने हो राख्न सक्नु भएन । त्यसलाई उहाँले अनदेखा गर्नुभयो ।”
लाठीमुङ्ग्री गरेर भिड जम्मा गरेपछि कानुन जेसुकै होस् ति सबै आफ्नो नियन्त्रणमा आउँछन् भन्ने उहाँले ठान्नु भएको भन्दै भट्टराईले भन्नुभयो “कानुनी र विधिको शासनको उहाँले पालना गर्नुभएन । त्यसलाई उहाँले धज्जी उडाउनुभयो । त्यसको कारणले आज यहाँ उपनिर्वाचन हुन गईरहेको छ । मतदाताको केही दोष छैन ।” चितवन क्षेत्र नं. २ ले जसलाई जितायो त्यो छोटो समयमै परीक्षण भईसकेको उहाँको भनाई छ । सचिव भट्टराईले भन्नुभयो “रवि लामिछाने अब कुनै भर्जिन उम्मेदवार होइन । उहाँको भर्जिनिटी समाप्त भईसक्यो ।
अर्गानिक उम्मेदवार होइन ।” रवि लामिछानेले गृहमन्त्री बन्ने अवसर पाएको भन्दै उहाँले “त्यो छोटो एक डेढ महिनामा उहाँले गरेका निर्णयले उहाँले हामीमाथि उठाएको सुशासनको प्रश्नले धज्जी उड्यो । एमाले लगायत ठूला दलका बारेमा सुशासनको कुरा उठाउनुभयो । उहाँका सुशासनका नारा बेकार हुन् ।” यी सबै जनतालाई भ्रममा पार्ने कुरा भएको भन्दै उहाँले भन्नुभयो “सार्वजनिक खरिद ऐन विपरित कसरी ठेक्कापट्टा गर्नुभयो ? मन्त्री छोड्नु अघिल्लो दिन हतार हतार फाईलहरु किन स्वीकृत भए ? यी प्रश्न यथार्थ हुन् ।”
कतिपय आउने जानेलाई जवाफदेहिता र उत्तरदायित्व बोक्नु नपर्ने भन्दै उहाँले यसरी आउने जानेले जे पनि बोल्ने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “छाडा सवाल जवाफमा हामी प्रतिस्पर्धा गर्दैनौं । रविका कतिपय सवाल एमालेले निरुपण गर्ने कुरा होइन, न्यायपालिका र राज्यका निकायले निरुपण गर्ने कुरा हुन् ।” चितवन क्षेत्र नं. २ मा विगतको परिणाम दोहोरियो भने पुनः उपनिर्वाचन हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “चितवन क्षेत्र नं. २ मा पुनः उपनिर्वाचन हुने स्थिति नआओस् ।” के आधार अहिले उपनिर्वाचन हुँदैछ, त्यही आधारमा पुनः निर्वाचन हुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “उपनिर्वाचन किन भयो आज पनि त्यो आधार जीवितै छ ।” नेपालको संविधान र कानुनले प्रतिनिधि सभाको सदस्य हुन जुन योग्यता तोकेको छ त्यो योग्यताका कारणले पुरानो नतिजा दोहोरियो भने उपनिर्वाचन हुने कुरा लगभग सुनिश्चित भएको सचिव भट्टराईको भनाई छ ।
नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई चितवन क्षेत्र नं. २ को उम्मेदवार बनाएको भन्दै उहाँले न्यौपाने जवाफदेहि र उत्तरदायी बन्ने भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “उहाँ एमालेको उम्मेदवार हो, उहाँमा जवाफदेहिता र उत्तरदायित्व हुन्छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34